इटहरी । इटहरी उपमहानगरपालिकाले खोला पैनी मिचेर बनाएका अवैध संरचना भत्काउन अन्तिम पटक ७ दिन म्याद थप गरेको छ ।
पहिलो पटक ३५ दिने दोस्रो १५ दिनको म्यादसहितको सूचना जारी गरेको उपमहानगरले अन्तिमपटक भने सात दिनको सूचना जारी गर्दै म्याद थपेको छ ।
यो अवधिमा व्यक्तिले बनाएका अवैध संरचना आँफैले नभत्काए उपमहानगरपालिकाले भत्काउने तयारी गरेको मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।
टेंग्रा खोला, खेति खोला र सुकुमारी पैनीको दुवै किनाराबाट ६–६ मिटर छोडेर मात्र संरचना बनाउनुपर्ने कानुनी व्यवस्था सम्झाउँदै उपमहानगरपालिकाले सूचना प्रकाशन गरेको हो ।