इटहरी । इटहरी उपमहानगरले नगरभित्रका सफारीलाई व्यावस्थापन गर्न बाहिरका सिटी सफारीलाई नियन्त्रण गर्न थालेपछि सुन्दरहरैँचाका सफारी चालकहरुले आन्दोलन थालेका छन् ।
शुक्रबार इटहरी उपमहानगरपालिकाका नगरप्रमुखको कार्यकक्षमा भएको सरोकारवालाहरुको भेलाले बाहिरका सिटी सफारी नियन्त्रण गर्ने निर्णय गरेको थियो भने आइतबार नगरप्रमुख सहितको टोलीले सफारीको स्थलगत जाँच गर्दै लाइसेन्स, ब्लुबुक तथा दर्ता हेर्न थालेको थियो ।
ठुलो संख्यामा रहेका सुन्दर हरैंचामा दर्ता भएका सिटी सफारीहरू ठुलो शहर भएकाले इटहरीमा व्यापार हुने भन्दै इटहरी आउने गरेका छन् । बाहिरका सफारी बन्द गर्ने र इटहरीमा दर्ता भएका सफारीलाई मुख्य राजमार्गमा पार्किंङ गर्न, रोक्न नदिने निर्णय भएको थियो ।
शुक्रबारको भेलामा नगर प्रमुखले राजमार्गमै छिर्न नदिने भनेपछि सिटी सफारी सम्वद्धहरू असहमति जनाउँदै बैठकबाट बाहिरिएका थिए अने आइतबार प्रदेश टाफिक प्रहरी कार्यलयमा पुन सर्वपक्षीय छलफल भएको थियो ।
छलफलले बाइपास सडक नभएकोले राजमार्गमा आउन पाउने भएपनि पार्किंङ गर्ने रोक्ने जस्ता काम गर्न नपाउनेमा सहमति जुटेको बताइएको छ ।