दुहवी नगरपालिकाले दियो ८० सुकुम्बासीलाई नयाँ घर

इटहरी । सुनसरीको दुहबी नगरपालिकाले दलित, सीमान्तकृत र अति विपन्न ८० घरपरिवारलाई आवासीय घर दिएको छ ।

नगरपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गर्दै नगरप्रमुख आवास योजना अन्तर्गत दुहबी ११ तनबुनामा निर्माण गरिएका ८० वटा आवासीय घरहरू नगरका अति बिपन्न परिवारलाई हस्तान्तरण गरिएको हो ।

७ करोडको लगानीमा २ बिगाहा २ कट्ठा क्षेत्रफलमा निर्माण सम्पन्न भएको आवासीय बस्तीमा रहेको ८० वटा दुई कोठे घर २०७६ साल फागुनमा शिलान्यास भएको थियो ।

साढे ४ धुर क्षेत्रफलमा निर्माण गरिएको प्रत्येक घरमा शौचालयसहित खानेपानी, बिजुली जडान गरिएको नगरप्रमुख वेदनारायण गच्छदारले बताए ।

घर पाएका परिवारका बालबच्चाको शिक्षाको लागि नजिकैको विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.