इटहरी । मोरङको उर्लाबारीमा मङ्गलबार टिपर र मोटरसाइकल जुद्धा एक जना चिकित्सकको मृत्यु भएको छ। दुर्घटनामा परी मोटरसाइकलमा सवार सप्तरीका २८ वर्षीय चिकित्सक निरज यादवको मृत्यु भएको हो।
पुर्व पश्चिम राजमार्गको उर्लाबारी –४ मस्थित ओम सत्य साई पेट्रोल पम्प नजिकै यादवलाई विहान सवा छ बजे टिपरले ठक्कर दिएको थियो।
पश्चिमबाट पुर्वतिर गइरहेका डाक्टर यादवलाई पश्चिम गइरहेको टिपरले ठक्कर दिएको थियो। टिपरले यादव सवार प्र १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई प्र ३–००१ क ००९५ नम्बरको टिपर आपसमा जुध्दा उनी गम्भीर घाइते भएका थिए।
ू
लगत्तै मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा उपचारका लागि पुर्याइएको भएपनि उनलाई लगत्तै मा मृत घोषणा गरिएको थियो । प्रहरीका अनुसार टिपर चालक झापा मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ।