इटहरी । लागु औषध मुद्धामा १ महिना १३ दिन कैद र २ हजार जरिवाना फैसला सुनाइएको फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बाट खटिएको प्रहरी टोलीले लागुऔषध मुद्धाका फरार प्रतिवादी धरानका सन्जिप परियारलाई पक्राउ गरेको हो । परियार ४ बर्ष देखि फरार थिए । उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।
सुनसरी जिल्ला अदालतको मिति २०७६ श्रावण १६ गतेको सजाय निर्धारण फैसला आदेशले लागुऔषध मुद्धामा १ महिना १३ दिन कैद र २ हजार जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदै आएका धरान(१२ का २६ बर्षीय परियारलाई श्रावण ३० गते धरानबाट नै पक्राउ गरेको हो ।
पक्राउ परेका परियारलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको प्रहरीले बताएको छ ।