इटहरी । निरन्तरको बर्षासँगै सप्तकोशी नदीमा जलसतह बढेको भन्दै मौसम बिभागले सुरक्षित रहन आग्रह गरेको छ ।
विषेश गरी सप्तकोशी नदी चतरामा जलसतह बढ्दो रहेकोले सतर्कता तह ९६ मी।० नजिक पुगेको छ भन्दै सुनसरी, उदयपुर र सप्तरीका जनतालाई सतर्क रहन भनेको हो ।
पहाडी जिल्लाबाट सप्तकोशी नदिमा मिसिने तमोर, सुनकोसी र अरूणमा पनि जलसतह बढ्दो रहेकोले उदयपुर, सुनसरी र सप्तरीका नदीकटान हुन सक्ने क्षेत्र र डुबान हुने तटीय क्षेत्रमा हुनेहरूले भोलि बिहान ८ बजे सम्मै उच्च सतर्कता अपनाउन बिभागको आग्रह छ ।