इटहरी उपमहानगरका सहकारीलाई तीन कार्यकालका संचालक, लेखा समिति र ऋण उपसमितिको विवरण बुझाउन आग्रह

इटहरी । इटहरी उपमहानगरको सहकारी शाखाले उपमहानगरको नियमन क्षेत्रभित्र रहेका सम्पुर्ण सहकारी संस्थालाई चालु सहित विगतका तीन कार्यकालका संचालक समिति, लेखा समिति र ऋण उपसमितिको विवरण बुझाउन आग्रह गरेको छ ।

सहकारी संस्थाहरुमा एउटै व्यक्ति पटक पटक महत्वपुर्ण पदमा बस्ने गरेको सूचनाको आधारमा अध्ययन गर्न र यदि त्यस्तो पाइए नियम बमोजिक प्रक्रिया अगाडी बढाउन तीन कार्यकाल सम्मको विवरण माग गरिएको उपमहानगरको सहकारी शाखा प्रमुख बालकुमार पोखरेल बताए ।

सवै सहकारी संस्थाहरूलाई चालु कार्यकाल सहित तिन कार्यकालको संचालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति र व्यवस्थापकको विवरण सहकारी शाखामा १५ दिनभित्र पेश गर्न उपमहानगरले सुचना जारी गरेको छ ।

नियम संगत नचल्ने गरेको सूचनाको आधारमा सहकारी संस्थाहरुको अनुगमनलाई निरन्तरता दिँदै सर्वसाधारण बचत कर्ताको बचतको सुरक्षा गर्ने काम गरिरहेको बताएको छ ।

यसै हप्ता नगरप्रमुख हेम कर्ण पौडेलले समेत सहकारी संस्थाको सदस्य बन्नु पुर्व त्यस संस्थाको चालचलन बुझ्न र व्याज धेरै दिने लोभमा अन्धाधुन्द बचत नगर्न समेत सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.