बर्षाको कारण देशभरको उडान प्रभावित

इटहरी । निरन्तर वर्षाका कारण देशभरको हवाई सेवा प्रभावित भएको छ । गएरातिदेखिको देशका बिभिन्न स्थानमा भएको वर्षात्को कारण मौसम खुल्न नसक्दा उडान प्रभावित भएको हो ।

वर्षात्को कारण पोखरा र भरतपुरबाट उडान नै हुन सकेको छैन । पोखरा विमानस्थलबाट हुने सबै उडान रद्द भएको छ ।

सीता एयर र तारा एयरले पनि पोखराबाट हुने सबै उडान रद्द गरेका छन् ।यस्तै, भरतपुर विमानस्थलबाट पनि वर्षात्को कारण बिहानदेखि कुनै उडान हुन सकेको छैन । भरतपुरमा मौसम खुल्नासाथ उडानका लागि अहिले ‘स्टान्डबाई’ अवस्थामा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अन्तराष्टिय उडान समेत प्रभावित भएको छ । २ उडान चिन तर्फ डाइभर्ट गरिएको त्रिभुवन अन्तराष्टिय विमानस्थलले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.