इटहरीको राधाकृष्ण मन्दिर नजिकै नालीमा भेटियो शव

इटहरी । इटहरी वडा नम्बर ९ राधाकृष्ण मन्दिर नजिकै नालीमा एउटा शव फेला परेको छ ।

स्थानीय बासीले बताए अनुसार शव ठेला चलाएर हिड्ने मजदुरको हो तर हाल सम्म शव बारे थप विवरण आउन बाँकि छ ।

राधाकृष्ण मन्दिरको हल नजिकैबाट थोत्रा टिनले छेकेको नाली भित्र यी कामदार डुबेको अवस्थामा शव फेला परेको हो । शव बारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय इटहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.