सहकारीले आफ्नै बिनियम पालना नगरेको इटहरी सहकारी शाखाको भनाई ,कार्यक्षेत्र बाहिर कारोबार गर्नेलाई गराइयो सचेत

प्रकाश बन्जारा ।

इटहरी । सहकारी संस्थाहरु आफ्नै विनियम नहेर्ने तथा पालना नगर्ने गरेको पाइएको उपमहानगरभित्र सहकारीको अनुगमन गरिरहेको इटहरीको सहकारी शाखाले बताएको छ ।

पछिल्लो समयमा सहकारीमा आएको वेथिती को खबरदारी गर्दै अनुगमनमा लागेको इटहरी उपमहानगरको सहकारी शाखाले सहकारी संस्थाहरुले ऐन नियम र आफ्नै विनियमको समेत विपरितका रहेर कार्य गर्ने गरेको पाइएको बताएको छ ।

उपमहानगरको सहकारी शाखाका प्रमुख बालकुमार पोखरेलले सहकारी संस्थाहरुमा हिसाव किताव पारदर्शी नभएको, विगतका बर्षदेखि नियमित साधारण सभा समेत नगरेको पाइएको छ । कतिपय सहकारी संस्थाले २०७३ सालमा भएको निर्वाचित पदाधिकारीबाट नै कारोबार गरिरहेको समेत पाइएको उपमहानगरले बताएको छ ।

सहकारी संस्थाहरु कम्पनी जस्तो गरी चलेको तर नीति विधि तथा पद्धती भन्दा पर गएको पाइएको सहकारी अनुगमनकर्ता सहकारी शाखा प्रमुख पोखरेलले बताए ।

उपमहानगरले ताकेता गरेपछि भने अहिले सहकारीहरूले चौमासिक र बार्षिक प्रतिवेदनहरू समयमा बुझाउन थालेको पाइएको छ । धेरै सहकारी संस्थाहरु एउटा उदेश्य लिएर खोलिएको भएपनि उदेश्य भन्दा फरक काम गर्ने गरेको पाइएको बताएका छन् ।

उपभोक्ता, कृषि तथा बहुउद्देश्यीय भनेर खोलिए पनि सहकारी संस्थाहरु बचत तथा ऋण भन्दा पर जान नसकेको पाइन्छ । हामीले अनुगमनका क्रममा उदेश्य अनुसारको काम गर्न सुझाइरहेका छौँ । पोखरेलले बेष्ट सञ्चारसँग भने ।

सहकारीको नम्स भन्दा बाहिर गएर ऋण लगानी समेत गरेको पाइएको छ । १ लाख रुपैँया भन्दा माथिको ऋण धितो बिना लगानी नगर्ने भनिएता पनि लगानी गरिरहेको त्यसमा आफुहरुले जथाभावि लगानी नगर्न सुझाव दिएको सहकारी शाखाले बताएको छ ।

सहकारी संस्थाहरुले कार्यक्षेत्र भन्दा बाहिर गएर समेत कारोबार गर्ने गरेको पाईएको छ । अनुगमनको क्रममा खनार बचत तथा ऋण सहकारीले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर इटहरीका कारोबार गरीरहेको पाइएको उपमहानगरको सहकारी शाखाको भनाई छ । यस्तै इटहरी उपमहानगर अन्तर्गत नै रहेको हलेसी उपभोक्ता सहकारीले पनि आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर कारोबार गरीरहेको पाएपछि सचेत गराइएको सहकारी शाखा प्रमुख पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.