सेभ द अर्थ सुनसरीद्वारा रामधुनीका चित्रकला कार्यशाला, प्रतियोगितामा चन्द्र कमल माविले जित्यो तीन पुरस्कार

रामधुनी । सेभ द अर्थ सुनसरीको आयोजनामा रामधुनी ८ को डुम्राहा मा त्रिदिवसिय चित्रकला कार्यशाला सम्पन्न भएको छ ।

विद्यालय स्तरिय बालबालिकालाई चित्रकलामा समेत अभ्यस्त बनाउने उदेश्यले एकिकृत सामुदायिक विकास कार्यक्रम अनुसार चित्रकला कार्यशाला आयोजना गरिएको सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले बताए ।

स्वास्थ्य, शिक्षा, वातावरण लगायतका क्षेत्रका काम गरीरहेको सेभ द अर्थले डुम्राहा मा ५ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालयका ३६ जना विद्यार्थीलाई कार्यशालामा सहभागि गराएर प्रतियोगिता समेत गराएको थियो ।

चित्रकला प्रतियोगितामा चन्द्र कमल मावि रामधुनी कि विनिशा चौधरी प्रथम, चन्द्र कमलकै राकेश चौधरी द्धितीय र एम एस स्टान्डर्ड बोर्डिङ स्कुलकी कृतिका चौधरी तृतीय भएका थिए भने चन्द्र कमल माविकै आकृति चौधरीले चौथो अर्थात शान्तवना पुरस्कार पाइन ।

प्रतियोगितामा उत्कृष्ट चित्र बनाउने तथा सहभागीलाई कार्यक्रममा प्रमुख अतिथी रामधुनी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र सिंह तथा बिभिन्न विद्यालयमा प्रद्यानाध्यापकहरुले पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै वडा नम्बर ८ले सेभ द अर्थले शिक्षा तथा चित्रकलामा समेत ध्यान दिएर विद्यार्थीको लागि सिकाईको काम गरेकोमा धन्यवाद व्यक्त गरे भने कार्यक्रमका सभापति सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्राईले विद्यार्थीलाई पढाई संगै अतिरिक्त ज्ञान दिएर उनिहरुको दक्षतालाई निर्खान तथा तिखार्न सकिने बताए ।

कार्यशालामा रामधुनी नगरपालिकाका वडा नम्बर २, ४ , ८ र ९ का विद्यालयबाट विद्यार्थीहरु सहभागि भएका थिए भने चित्रकारहरू आशिष तिम्सिना र यसोधा कुमारी सिंहले सहजिकरण गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.