इटहरी ।सामाजिक सञ्जालहरुमा आर्कषक तलव देखाएर बिज्ञापन गर्न इटहरीको एक कम्पनीमा इटहरी उपमहानगरपालिकाले छापा मारेको छ ।
सामाजिक सन्जाल फेसबुकमा सहजै मासिक ५० देखि ६० हजार कमाई हुने भन्दै विज्ञापन गर्ने एम के ग्रुपमा उपमहानगरले आईतवार छापा मारेको हो ।
विशेष गरि पूर्वी पहाडी जिल्लाहरुबाट पढ्न आएका युवा युवतीहरुलाई लक्षित गरेर विज्ञापन गरेको भन्दै उपमहानगरका मेयर सहितको टोलिले ग्रुपमा छापा मारेको हो । कर्मचारीहरुलाई ६० हजार सम्म तलब भन्दै विज्ञापन छ्यापछ्याप्ती देखिन थाले पछि छापा मारिएको इटहरीका मेयर हेमकर्ण पौडेलले बताए ।
छापापछि ग्रुपका आधिकारिक ब्याक्ती लाइ उपमहानगरमा बोलाइएको छ ।
पछिल्लो समय ठगीका नयाँ–नयाँ शैली देखापरेका छन् । सर्वसाधरणहरु जुनसुकै बहानामा ठगिइन सक्ने भन्दै आफुहरुले कार्यालयमै गएर छापा मारेको बताए। केहि दिन देखि सामाजिक सञ्जालमा ६० हजार सम्म तलब दिने भन्दै विज्ञापन आईरहेको कारण हामी त्यहाँ पुगेका हौ मेयर पौडेलले भने । ग्रुपको सामान वेच्नका लागि उनीहरुले सर्वसाधरणहरुलाई झुटो विज्ञापन गरेको पाईयो ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी माधब काफ्ले सामाजिक सञ्जालमा यसरी विज्ञापन गर्ने नहुने बताएका छन । यसरी सर्वसाधरणलाई झुक्याउने काम तत्काल रोक्न भन्दै आगमी दिनमा यस्ता विज्ञापन गरे कारवाही गरिने उनको भनाई थियो ।

