अंगदान गरी लाखौँको सम्झनामा कसरी जिवित रहन सकिन्छ

सृष्टि नेपाल

चाहान्छु म बनाउन यो जिवन सार्थक गरेर केहि ठुलो काम,
मरेर नास हुने यो शरिरलाई पनि बनाउँछु पुन जिवित गरेर जिवन पछिको अंगदान
किनकी भनिएको छ संसारमा छैन त्यस्तो कुनै धर्म या दान
जसले जितोस मृत्यु पछिको आफ्नै अंगदान

अंगदान भनेको एक प्रकृया हो जसमा कुनै पनि जिवित व्यक्तिले आफ्नो जीवनको अन्त्य पश्चात शल्यक्रियाद्वारा शरीरमा काम लाग्ने अंगहरु सुरक्षित अर्को आवश्यक व्यक्तिको शरीरमा प्रत्यारोपण गरी जिवन दान गर्छु भनि इच्छा गरी जिवन पश्चात पनि मानवीय धर्मको एक उदाहरण बन्नु हो ।

यस प्रक्रियामा सम्बन्धित अंग दाताले आफ्नो जिवन सकुसल हुँदा नै अस्पताल या कुनै अंशदानसँग सम्बन्धित संगठन, समुहमा आफ्नो इच्छा तथा मन्जुरी जाहेर निवेदन फारम भर्नुपर्ने हुन्छ । जसलाई इच्छापत्र भनिन्छ । यसमा अंगमात्र नभई काम लाग्ने तन्तु पनि प्रत्यारोपण गर्न सकिनछ ।

संसारमा सबै भन्दा ठुलो धर्म मानवीय धर्म हो र त्यस धर्मलाइृ सहि तरिकाले निभाउने अरुको सेवा गरेर पुण्यको भागिदार भइन्छ भने जिवन अन्त्य पश्चात एक व्यक्तिले कम्तिमा आठ जनासम्मको ज्यान बचाएर आफु जिवित रहन सक्छ । त्यसैले भनिन्छ अंगदान भनेको जिवन दान हो र कसैको जीवनको दोस्रो अवसर तपाईको हातमा छ ।

यस अंगदानको सुरुवात सन् १९५४ मा मृगौला दानबाट सुरु भएको थियो संसारको पहिलो जिवित अंग दाता रोलान्ड लि हेररीक १९३१ –२०१० हुन । उनले आफ्नो जुडुवा भाइलाई आफ्नो मृगौला दान दिए यस महानकामको सफल सुरुवात गरे पनि कलेजो, मुटु, तथा प्याक्रियाज जस्ता अंगहरुको सफल प्रत्यारोपण भएको थियो । सन् १९८० तीर फोक्सो तथा आन्द्रिय अंगहरुको प्रत्यारोपण प्रक्रियाको थालनी भएको थियो । त्यस पश्चात यो पुण्यमय कामको चर्चा र थालनी संसार भरका देशहरुमा भइरहेको छ । किनकी अंगदानको लागी कुनै धर्म या संस्कार, जातीय या समुदाय उमेर आदि केहीले पनि छेक्दैन यो विशुद्ध अतितै दया , माया तथा सहयोगी मन भावनाको प्रतिफल हो ।

संसारको सबैभन्दा बुढो धेरै उमेर भएको व्यक्ति सिसल लकर्ट जसको उमेर ९५ बर्ष हुँदा मृत्यु भएको र मृत्यु पश्चात उनले आफ्नो शरिरको कलेजोको अंगदान गरेका थिए । त्यसैगरी विश्वमा रहेका १९५ देशको मध्ये स्पेन र युएस उत्तर अमेरिका सबैभन्दा बढी अंग दाता रहेको देशको रुपमा पछिल्लो आंकडाले देखाएको छ । जहाँ प्रत्येक मिलियन व्यत्तिःहरु मध्ये ३८ जना अंग दाता रहेको छन् ।

नेपालमा यसको सुरुवात सन् २००८ सालमा जिवित दाताले आफ्नो मृगौला दिएर भएको थियो । त्यसपछि कलेजो तथा बोन मेरो सफल प्रत्यारोपण सन् २०१६ मा भएको थियो तर मृत्यु पश्चात को अंगदान आखाको अगाडिको बाहिरी भागको सफल प्रत्यारोपण सन् १९९८ मा भैसकेको थियो ।

जसले व्यक्तिलाई देख्न सहज गराई उज्यालो जिवन प्राप्तिमा सहयोग मिलोको थियो । नेपालमा मानव अंग प्रत्यारोपण केन्द्र जसलाई धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भनेर चिनिन्छ । जसको स्थापना सन् २०१२ मा स्वास्थ्य मन्त्रालयले गरेको थियो । जसको एक मात्र उदेश्य अंगदानलाई बलियो बनाई देश भर दाता र पाउने व्यक्तिहरुलाई सहज र सरल सेवा मिलोस् भन्ने हो । भनिन्छ जहाँ इच्छा त्यहीँ उपाय अनि जहाँ समस्या त्यहि समाधान । तर अथक प्रयास भने पक्कै जरुरी छ । यसरी अंगदानको इतिहास हेर्दा अंगदान माया, प्रेम, स्नेह, तथा सहयोगी भावनाद्वारा सिर्जना भएको पाइन्छ ।

हरेक व्यक्तिलाई आफ्नो जिवन प्यारो हुन्छ अनि विशेष गरी आफ्नो नजिकको व्यक्तिलाइृ पनि । यदि हामी जो कोहीले पनि जिवन र जिवन पश्चात को अध्यात्मवाद बुझ्ने हो भने हरेक व्यक्तिमा अरुलाई सेवा गर्ने भाव जागेर आउँछ र अंग दाताको संख्यामा वृद्धि भई अंग प्रत्यारोपण शल्यक्रिया खर्चिला र असम्भव हुँदैनन् थियो । मृत्यु पश्चात जलेर या माटोमा मक्किएर सडेर जाने शरिरको के अर्थ छ र तर त्यहि अर्थहीन शरीरको दान गरियो भने लाखौँ मानिसको सम्झना,प्रार्थनामा जिवित बन्न सकिन्छ , किनकी त्यो एक व्यक्तिसँग लाखौँ व्यत्तिः जोडिन्छन् र ति लाखौँ व्यक्तिले सुनेर भन्ने छन् की कसरी जिवन दान पाए एक व्यक्तिले एक मृत व्यक्तिको सहायताले ।

मन्दिरमा गएर तथा घरमा भोजन , दान गरेर धर्म कति पाइन्छ थाहा छैन तर म मेरो मृत्यु पश्चात पनि कसैको शरीरमा मेरो मुटु धड्किने छ मेरो फोक्सोले हावा फाल्ने र तान्ने छ मेरो कलेजोले कसैको शरीरमा काम गर्ने छ मेरो प्याक्रियाजले मेरो तन्तुहरूले मेरो मृगौलाले , मेरो आन्द्राहरु मेरो शरीरको हड्डी, मेरो शरीरको छाला अनि मेरो आँखाले म नभएर पनि संसार हेर्ने अवसर र देखाउने अवसर पाउनेछन् भन्ने कुराको मात्रै मनन गर्ने हो भने कति आनन्दमय छ यो अंगदान किन कि यो कटु सत्य हो जिवन नासक छ ।

अजम्मरी चोला होइन महोदय जिवन
पुग्नुपर्ने अवश्य हो अन्त्यमा खोला ।
नबन्नु है स्वार्थी बरु हुनु भोला के के हुन्छ
अर्को लोकमा कसले आयो देखेर होला

त्यसैले पुर्‍याउनु होला ध्यान समय छँदै गर्ने काम अंगदान ढिलो भए कसले बुझ्छ त्यो निर्जीव भएको मुढाको मनअनि लगाउँछन आगो बनाउँछन् खरानी बगाउँछन् भन्दै गंगा पानी । जीवन रहँदै केही गर्न सकिएन अन्त्यमा बिलिन भैयो यो प्रकृतीमा भनेर आत्मा रुवाउनु बाहेक उपाय केहि छैन ।

अंगदान भनेको एक सुनौला अवसर हो जसले अरु आवश्यकीय व्यक्तिहरुलाई मद्धत गरी नयाँ जिवन प्राप्तीमा ठुलो योगदान गर्दछ एउटा शोकमा डुवेर चिन्तित बनेको परिवारको सहारालाई सुरक्षित गराउँछ ।
मानव जाती सबै भन्दा संवेदनशील जिवित प्रजाति हो र यसको बलियो उदाहरण संसार भर हेर्न पाइन्छ । बिभिन्न खोज सृखलाले जनाएअनुसार । मानवले गरेको यो बैज्ञानिक सफलतासँगै बैज्ञानिक उपचार पद्धतिले ल्याएको यो सर्वोत्कृष्ट नजिता हो यो अंग प्रत्यारोपण ।
आधुनिक उपचार तथा औषधी पद्धती प्रक्रियाद्वारा यो अंगदान तथा अंग प्रत्यारोपण सम्भव भएको छ ।

अंग प्रत्यारोपण अंग दाता तथा अंग लिने व्यत्तिःबिचमा उमेर समुह रगत समुह, रोग लागेको इतिहास या घटना कुनै शारिरिक तथा मानसिक असन्तुलन आदि कुराहरु राम्रोसँग जाँच अनुसन्धान हुनु पर्दछ । तर व्यक्तिगत वा सामाजिक चरित्र जस्तै धनी, गरिव, प्रख्यात आदिको लेखाजोखा भने गरिदैन । यस प्रक्रियामा रगत समुह मिल्नु पक्क दोहोरी परीक्षण मिल्नु तथा मानव श्रेष्ताणु प्रति जन मिल्नु अति जरुरी रहन्छ ।

सकेसम्म सम्भव भएसमम जिवित अंगदान भए जोखिम कम हुन्छ तर पनि मृत्यु पश्चात अंगदान भेट्टाउनु पनि कम सौभाग्य भने अवश्य होइन ।
तसथै अन्त्यमा म यो निस्कर्षमा पुग्दछु कि जिवन रहँदै जिवन दानको बारेमा बुझ्नु बुझाउनु अन्त्यन्त जरुरी रहन्छ साथै यो पुण्यको कार्यको भागिदार हरु कोही भएर आफुलाई महान जिवन दाताको सुचीमा आफनो नाम पनि समावेश गरी अरुलाई जिवन दान प्रदान गरौँ भन्ने सन्देश दिन चाहान्छु ।
(सृष्टि रामधुनी ५ झुम्काको नव किरण बोडिंङ्ग स्कुलकी छात्रा हुन)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.