डिल्ली कार्कीले पुजा आजामा अवरोध गरेको भन्दै महन्थ उच्च अदालतमा, अदालतले भन्यो‘ पुजा आजा र धुनी बाल्ने काममा अवरोध नगर्नु’

रामधुनी ।रामधुनी मन्दिरमा विगत ५५ बर्षदेखि निरन्तर ध्वनी बाल्ने र पुजा आजा गर्ने काममा सक्रिय रहेका महन्थ काशिदास उदासिन थारुलाई पुजा आजामा अवरोध गर्ने दाउरा समेत उपलव्ध नगराएको भन्दै उच्च अदालत पुगेका महन्थलाई अवरोध नगर्न उच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

गत असार ३१ गते न्यायाधिश राजन प्रसाद भट्राई र किरण कुमारी गुप्ताको सयुक्त इजलासले रामधुनी आश्रमको नित्य पुजा आजा गर्ने कार्यमा अवरोध गर्न नमिल्ने भन्दै अन्तिम निर्णय नहुँदा सम्म चलि आएको नित्य पुजा गर्न र धुनी बाल्नका लागि काठ उपलव्ध गराउन अवरोध नगर्न डिल्ली कार्कीको नाममा अन्तरिम परमादेश दिएको हो ।

रामधुनी मन्दिर क्षेत्रमा पुजा आजा गर्ने काशी दास उदासी थारुले रामधुनी बाबा बन खण्डी मन्दिर व्यवस्थापन समिति र सो संस्थाका अध्यक्ष डिल्ली कार्की समेतलाई विपक्षी बनाउँदै उच्च अदालत विराटनगरमा उजुरी दर्ता गराएको थिए ।
उच्च अदालतले गरेको फैसला सम्बन्धमा जानकारी गराउँदै महन्थले प्रेस विज्ञप्ती समेत सार्वजनिक गरेका छन् ।
रामधुनी मन्दिरमा विस १७३२ साल देखि निरन्तर साज जातको काठको धुनी बलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.