हर्क साम्पाङको घमण्डलाई उच्च अदालतको धक्का, पुर्व वडाअध्यक्षको जग्गा अतिक्रमण नगर्नु

धरान । धरान उपमहानगरपालिका– ४ स्थित छोटी मोरङमा रहेको धरान १ का पुर्व वडाअध्यक्ष रोशन अधिकारीको जग्गामा वृक्षारोपण नगर्न अन्तिरिम आदेश दिएको छ ।

उक्त जग्गा धरान वडा नम्बर १ पुर्व वडाध्यक्ष रोशन अधिकारीको श्रीमती रोजिना अधिकारीले दायर गरेको रिट उपर सुनुवाई गर्दै उक्त जग्गामा वृक्षारोपण नर्गन भनिएको हो । न्यायधिश मिलनकुमार राईको इजलाशले मुद्दाको अन्तिम टुंगो नलागेसम्म निवेदकको नाममा दर्ता भएको किता नम्बर ४२१ र ३४५ को जग्गामा अनधिकृतरुपमा प्रवेश गर्ने, वृक्षारोपण गर्ने गराउने कार्य नगर्नु, र नगराउनु भन्ने अन्तरिम आदेश जारी छ ।

निवेदक रोजिनाको नाममा धरान बाँझगरा गाविस ९ ९ग० कित्ता नम्बर ४२१ र ३४५ को जग्गाको दर्ता स्वामित्व रहेको जग्गा धनिपुर्जा प्रतिलिपीबाट देखिएकोले कानुन वमोजिम अन्यथा नभएसम्म निजको हक दर्ता रहेको जग्गामा भोग स्वामित्व, अहरणीय हक अधिकारकोरुपमा रहने पनि आदेशमा उल्लेख छ ।

शनिबार धरानका मेयरले सर्दु जलाधार क्षेत्रमा पर्ने छोटी मोरङ डाँडामा वृक्षारोपण गरेपछि विवाद उत्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.