बराहा क्षेत्रका पत्रकार सुविन विश्वकर्मालाई मेयरका आफन्तको धम्कि

इटहरी । बहाराहाक्षेत्रका पत्रकार सुविन विश्वकर्मालाई बराहा क्षेत्रका मेयर रमेश कार्कीका आफन्त सुरज क्षेत्रीले धम्कि दिएका छन् ।

पत्रकार महासंघ सुनसरी जिल्ला कार्य समितिका सदस्यसमेत रहेका पत्रकार सुबिन विश्वकर्मामाथि समाचार लेखेको बिषयलाई लिएर धम्कि आएको हाम्रो शव्द अनलाइनका सिसिर भट्टराईले बताएका छन् ।

गत सोमबार सुनसरीको वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीसँग सम्बन्धित ‘अपरिपक्व मेयर कार्की, जो आलोचना सहँदैनन्’ शीर्षकको समाचार हाम्रो शब्द डटकमका प्रकाशित भएको थियो । सोहि समाचारलाई लिएर मेयर कार्कीका भाई सुरज क्षेत्री लगायतले आफुलाई धम्कि दिएको शुभयुग मिडिया प्रालिले बताएको छ ।

क्षेत्रीले फोनमा, घरमै आएर र अन्य विभिन्न व्यक्तिहरूमार्फत पटक–पटक धम्की दिएका थिए । समाचारको विषयमा चित्त नबुझे कानुनी बाटो अपनाउन सकिने विकल्प हुँदाहुँदै घरमै गएर धम्कि दिनु प्रेस र अभिव्यक्ति स्वतन्त्रताको विपक्षमा रहेको भन्दै आलोचना भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.