महामारीको लम्पी स्किन, इटहरी उपमहानगरमा खोपको अभाव, छैन महामारी नियन्त्रणको योजना

प्रकाश बन्जारा ।

पशुहरूमा महामारीको रुपमा देखा परेको लम्पी स्किन रोग व्यापक रुपमा फैलँदा समेत इटहरी उपमहानगरपालिकाले नियन्त्रणको प्रभावकारी योजना नबनाएको पाइएको छ ।

एक महिना पहिले १ हजार ६ सय ४५ पशुमा लम्पी स्किन रोग देखिइसकेको थियो भने अहिले पनि हरेक वडा तथा टोलबाट औषधिको माग गर्ने क्रम बढ्दै गएको उपमहानगरको पशु शाखाले बताएको छ ।

जिल्ला पशु विज्ञ केन्द्र तथा भेटेनरी अस्पतालले ५०० भ्याक्सिन उपलव्ध गराएपनि उक्त डोज भ्याक्सिन अहिले लगाई सकिएको उपमहानगरले बताएको छ भने अहिले उपमहानगरसँग आफ्नै कोषबाट खरिद गरिएको ३७५ डोज भ्याक्सिन मात्रै बाँकि छ ।

उपमहानगरले अहिले वडा बडामा गएर लम्पी भ्याक्सको कार्यक्रम सन्चालन गरीरहेको पशुसेवा शाखाले बताएको छ । महामारीको रुपमा फैलिँदै गएको रोगबाट धेरै पशुहरु मरीसका छन् भने ठुलो संख्यामा बिरामी परेका छन् ।

बिरामी भइसकेका पशुलाई भने उपमहानगरले भ्याक्सिन हान्ने गरेको छैन तर सम्भावित पशुलाई भ्याक्सिन हानिँदै गरेको भएपनि अव भने भ्याक्सिन को अभाव हुन लागेको बताइएको छ । शाखाका प्रमुख छुट्टीमा रहेकाले अहिले नियन्त्रणको कुनै योजना नरहेको पशु शाखा बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.