धरान । धरानका मेयर हर्क साम्पाङले अर्काको नीजि जग्गामा श्रमदान अभियान चलाएपछि शनिवार धरान विवादमय बनेको छ ।
वडा नम्बर १ का सन्तोष अधिकारीले भोगचलन गरीरहेको उनको निजी जग्गामा विरुवा रोपेको पछि आफुले विरोध गरेको अधिकारीले बताएका छन् ।
मेयर साम्पाङले शनिबार विरुवा रोप्ने कार्यक्रमअन्तर्गत धरान स्काइ एड्भेन्चर प्याराग्लाइडिङ कम्पनिले प्याराग्लाइडिङको लागि प्रयोग गरिरहेको जग्गामा विरुवा रोपेका हुन् ।
नगर प्रहरीलाई अघि लगाएर आफ्नो समूहसँग पुगेका मेयर साम्पाङले आफ्नो जग्गामा विरुवा रोपेको उनले बताए । जग्गा आफ्नो भएकोले बलमिच्याइँ नगर्न अनुरोध गरेपनि मेयर साम्पाङले भने जग्गा सार्वजनिक भएको भन्दै विरुवा रोप्न मानिसहरुलाई उक्साएका थिए ।
मेयरले नै सार्वजनिक जग्गा मिच्न दिँदैनौं भन्दै मेयर साम्पाङले नारावाजी गरेका थिए भने उनको समुहले मेयरलाई साथ दिँदा झडपको स्थिती समेत बनेको थियो ।यता अधिकारीले मेयरले आफ्नो निजी जग्गामा अतिक्रमण गरेको आरोप लगाउँदै सहेर नबस्ने बताएका छन् । उनले सबै बिरुवा उखेलिदिने चेतावनी दिए ।
मेयर साम्पाङले ‘बिरुवा उखेले डोजर लगाइदिने’ चेतावनी दिएका छन् । उनले माफियाहरु विरुद्ध जाइलाग्ने बताएका छन् ।