इटहरी । शुक्रबार राती करिव साढे दश बजे भएको दुर्घटनाले सुनसरीको इटहरी १६ जव्दीको गाउँनै शोकमा डुवेको छ ।
शुक्रबार राती सुनसरीको इटहरी – इनरुवा सडक खण्ड अन्तरगत पकली नजिक मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चारै जना घाइते बनेका थिए ।
घाइते भएका मध्ये ३ जनालाई तत्काल वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएकोमा एक जनालाई झापाको विर्तामाड स्थित बिएण्डसि लगिएको थियो ।
पूर्वबाट पश्चिम तर्फ गइरहेको बोलेरो र विपरीत दिशाबाट आइरहेको को २९ प ३७१२ नं को मोटरसाइकल एक आपसमा जुधेर दुर्घटना भएको स्थानीयबासि तथा प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै इकाला प्रहरी कार्यलय पकलीका वरिष्ठ प्रहरी सहायक निरिक्षक नवराजसिंह खड्का बताउँछन् ।
दुर्घटनामा इटहरी १६ का २७ वर्षीय शम्भु चौधरी २६ वर्षीय करण चौधरी साथै २४ वर्षीय अनिमेष चौधरी गम्भिर घाइते थिए जसमध्ये शम्भु र करणको उपचारको क्रममा राती नै वीपि कोइलारा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भयो भने झापाको बिर्तामोड पुर्याइएको अनिमेश चौधरीले बिहान करिव ६ बजेर २५ मिनेट जाँदा संसार त्याग गरे । एकै गाउँमा तीनको मृत्युले अहिले इटहरीको जव्दी गाउँलाई नै शोकमा डुवाएको छ ।
एउटै मोटर साइकलमा ४ जना सवार रहेको प्रहरीको भनाई छ । घटनाबाट गम्भिर घाइते भएका प्रेमलाल चौधरीको विराटनगर स्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनापछि पिक अप र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घाइते पनि सोही गाउका परेपछि सिङ्गो गाउँ पिडामा परेको छ ।