झुम्का । रामधुनी नगरपालिका वडा नम्बर १ झुम्का बजारको शिव चोकमा दुई दिन देखि बेवारिसे एक बालकको उद्वार गरिएको छ ।
बुधबार देखि पुर्व पश्चिम राजमार्ग अन्तरगत रामधुनी एकको शिव चोकमा बेवारिसे अवस्थामा रहेको अन्दाजी १६ १७ वर्षको बालकको उद्वार गरिएको हो ।
विहिबार रामधुनी १ का अध्यक्ष महेश कुमार चौधरीलाई स्थानीयले जानकारी गराएपछि पुगेका वडा अध्यक्षले वालकको अवस्था निकै गम्भीर रहेपछि प्रहरीको सहयोगमा उद्धार गरी झुम्काको साई हस्पिटलमा पुर्याएका थिए ।
मानसिक तथा मनोसामाजी समस्या बाट पीडित भएको वालक हिड्न र बोल्न नसक्ने अवस्थामा अस्पताल पुर्याएता पनि समान्य उपचार पछि केही हिड्न र केही बोलेको कुरा बुझ्ने अवस्थामा आएको हस्पिटलले बताएको छ । बालकको परिचय भने खुल्न नसकेको साई हस्पिटलका सुचना अधिकारी डिल्लीराम भण्डारी बताउँछन् ।
बालकको उपचारमा लागेको खर्च केही हस्पिटलले र बाँकी अध्यक्ष चौधरीले बेहोर्ने गरि उपचार भैरहेको वडाअध्यक्ष चौधरीले बताए । बेवारिसे बालकको सम्बन्धमा आफुले प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराईसकेको वडाअध्यक्ष चौधरीको भनाई छ ।