इटहरी । इटहरी १६ मा रहेको किसान कल्याण बचत तथा ऋण सहकारी संस्था र इटहरी २० मा रहेको सुन्दर बचत तथा ऋण सहकारी संस्थाको सयुक्त साधारणसभा बुधबार सम्पन्न भएको छ ।
एकिककरणको अन्तिम घटीमा दुवै संस्थाका सञ्चालक सहित प्रतिनिधि मण्डलको उपस्थितीमा सयुक्त साधारण सभा गरिएको थियो । बुधबारको साधारण सभाले साविक किसान कल्याण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शालिकराम ढकालकै नेतृत्वमा १५ सदस्यीय सञ्चालक समिति चयन गरेको छ ।
निर्वाचन समितिका संयोजक कृष्ण विनोद लम्सालले साधारण सभाबाट चयन भएका सञ्चालकको नाम बाचन गरेर सुनाएका थिए । संस्थाको उपाध्यक्षमा नरेन्द्र कुमार श्रेष्ठ, सचिवमा महेश कुमार रेग्मी , उपसचिवमा यादव सिग्देल, कोषाध्यक्षमा गोमा कुमारी गिरी चयन भएका छन् भने सदस्यहरुमा गणेश बहादुर भण्डारी, देवी प्रसाद लुइँटेल, टेक बहादुर खतिवडा, चन्द्रकला दाहाल, प्रेम बहादुर बस्नेत, जानकी देवी चौधरी, अम्बिका देवी पौडेल रहेका छन् ।
यसैगरी लोक बहादुर माझि, संगीता कुमारी चौधरी र प्रेम चन्द्र रौतार सदस्यमा निर्वाचित भएका छन् । साधारण सभाले संस्थाको लेखा समितिमा शशी कुमार उपाध्यायको संयोजकत्वमा अनिता चापागाई र कृष्ण प्रसाद लम्साललाई चयन गरेको छ ।
दुवै संस्थाको एकिकृत साधारण सभा संगै अव संस्था एक भएको बताउँदै नव निर्वाचित अध्यक्ष शालिकराम ढकालले संस्थाका सदस्यलाई कुनै पनि सेवा सुविधामा विभेद नगरिने बताए ।
संस्थाले सयुक्त साधारणसभा पछि बिहिबार सहकारी रजिष्ट्रारको कार्यलय इनरुवाबाट अन्तिम स्वीकृती लिँदै शुक्रबारबाट किसान कल्याणको नामबाटै कारोबार सन्चालन गर्ने तयारी गरेको छ । किसान कल्याणसँग २० हजार बढी सदस्य छन् भने तरहराको सुन्दर बचतसँग १ हजार सदस्य रहेको बताइएको छ ।