सप्तकोशी नदिको खस्यो ट्रक, चालक सहित ३ जनाको उद्द्धार पानीको बहावले देखिनै छाड्यो ट्रक

इटहरी । सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा आज बिहान बससँग ठोक्किएर ट्रक नदीमा खसेको छ । दश नम्बर ढोका नजिकै बाट ट्रक पानीमा खसेको प्रहरीले बताएको छ । नदीमा खसेको ट्रक बेपत्ता भएको छ । प्रहरीले ट्रकमा सवार तीन जनाको सकुशल उद्धार गरेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ख १७६५ नम्बरको बस सुनसरीतर्फ कोशी ब्यारेजको पुलमा बिहान ७ः४० बजेतिर ठोक्किएर दुर्घटना भएको थियो । ठक्करपछि ट्रक नदिमा खस्यो भने बस ठोक्किएको थियो ।

सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईका अनुसार ट्रक र बस ठोक्किएर दुर्घटना हुँदा कोशी ब्यारेजको १० नम्बर ढोका तर्फको बार भत्किएको छ । बार भत्किएकै ठाउँबाट ट्रक नदीमा खसेको थियो । नदीमा खसेको ट्रक देखिन छाडेको उनले बताए ।

सप्तकोशीमा खसेको ट्रकमा सवार रहेका ३ जनाको सकुशल उद्धार गरिएको राईले बताए । प्रहरी टोलीले डोरी टाँगेर ट्रकमा सवार रहेकाहरुको उद्धार गरेको हो । नदीमा पानीको बहाव बढेका कारण ट्रक देखिन छाडेको छ । उद्धार गरिएकामध्ये ट्रकका चालक २४ वर्षीय दिनेश खत्री सामान्य घाइते भएका छन् ।

उनलाई उपचारका लागि पठाइएको छ । अन्य २ जनाको अवस्था सामान्य रहेको डीएसपी राईले बताए । बसका सवार रहेकाहरु भने सकुशल छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.