इक्यानको निर्वाचन भोली,चारजना बिच प्रतिस्पर्धा हुँदै, विष्णुहरी पाण्डेको बलियो लहर

इटहरी । शैक्षिक परामर्शदाताहरुको संस्था इक्यान को निर्वाचन भोली शनिवार हुने भएको छ । भावी नेतृत्वका लागि हुने निर्वाचनमा पुर्व अध्यक्ष विष्णहरी पाण्डे सहित चार जनाले उम्मेद्वारी दिएका छन् ।

यस्तै द्धितीय उपाध्यक्ष शेषराज भट्टराईले पनि अध्यक्षमा उम्मेद्वारी दिएका छन् भने नेतृत्वमा दावी गर्ने अन्यमा प्रथम उपाध्यष देवीदास भट्टराई र तृतीय उपाध्यक्ष कृष्णहरी केसी समेत छन् ।

उम्मेद्वार मध्ये विष्णुहरि र शेषराजको प्यानल छ भने अन्य दुई स्वतन्त्र प्रतिस्पर्धामा छन् । १८ सदस्यीय कार्यसमितिका लागि ४४ जनाको मनोनयन भएको निर्वाचनका लागि तीन उपाध्यक्षका लागि १० जनाको उम्मेदवारी दर्ता परेको छ भने महासचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदका लागि २ / २ जना र सचिवमा ५ जनाको उम्मेदवारी दिएका छन्  ।

इक्यानमा अध्यक्षलगायत ९ सदस्यीय पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । ४६७ मतदाताले २ जना सचिव सहितको नयाँ कार्यसमिती चयन गर्ने छन् । आन्तरिक सहमति हुने भनिएपनि त्यो नभएपछि चार जना अध्यक्ष चुनावि मैदानमा देखिएका छन् । पुर्व अध्यक्ष समेत रहेकाले विष्णुहरी पाण्डेको प्यानलको राम्रो सम्भावना रहेको इक्यानियनहरुको भनाई छ ।

पाण्डेले आफ्नो एजेन्डा र प्रतिबद्धताहरू बुधबारको भेलाबाट सार्वजनिक गरिसकेका छन् । शैक्षिक परामर्शदाताको हक–हितमा काम गर्ने, संस्थागत क्षमता विस्तार गर्ने र प्रस्तावित संघीय शिक्षा ऐनमा शैक्षिक परामर्श क्षेत्रलाई समेट्ने , कमिसन बढाउने लगायतका बाचा विष्णुहरी पाण्डेले सार्वजनिक गरेका छन् ।

विष्णुहरिको कार्ययोजनामा तत्काल, मध्यकालीन र दीर्घकालीन काम विभाजन गरिएको छ । उनले भिजन २०२५ समेत घोषणा गरेका छन् । ‘व्यवसायीको पक्षमा खुलेर काम गर्छु, उनीहरूले पाउने कमिसन बढाउन नेतृत्वमा पुग्नैबित्तिकै प्रयास सुरु हुन्छ ।   घोषणापत्र सार्वजनिक कार्यक्रममा उनले भनेका छन्  । शिक्षा ऐनभित्र शैक्षिक परामर्शको व्यावसायलाई समेट्ने विष्णुहरीको प्रतिवद्धता छ । संस्थागत विकासका लागि तालिम, आचारसंहिता, विभाग बनाउने, सहायकता कक्ष बनाउने गर्ने समेत पाण्डेले बताएका छन् ।

अर्का उम्मेद्वार शेषराजले भट्टराईल्े शैक्षिक परामर्श क्षेत्रको बृहत्तर हितका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पुनः अध्यक्ष पदमा उम्मेदवारी दिएका विष्णुहरि को प्यानलमा उपाध्यक्षमा लक्ष्मण पौडेल, भुवनबहादुर क्षत्री र प्रकाश श्रेष्ठले उम्मेदवारी दिएका छन् । महासचिवमा वासुदेव दाहाल, सचिवमा शिवप्रसाद त्रिपाठी र फिलिपकुमार डाँगी क्षत्री चुनावी प्रतिस्पर्धामा खडा भएका छन् ।

कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देल  रहेका छन् । सदस्यमा उक्त समूहबाट आशिष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, शशिप्रसाद भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, शान्तकुमार शर्मा , श्रीराम गिरीले चुनावी प्रतिस्पर्धा गर्दै छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.