इटहरी । निरन्तरको बर्षाका कारण जलतथा मौसम विज्ञान बिभागले मोरगं र सुनसरीका बासिन्दालाई बाढी र डुबानबाट सतर्क रहन आग्रह गरेको छ ।
एलर्ट जारी गर्दै बिभागले सुनसरीको इटहरि र मोरङका लेटाङ र हरैँचा आसपासका बासिन्दालाई बाढी र डुबानबाट सतर्क रहन सुझाव दिएको छ ।
विभागले शुक्रबार बिहान सूचना जारी गरी उल्लिखित स्थानमा ठूलो वर्षा भएकाले बाढी र डुबानको जोखिम बढेको जानकारी दिएको हो। विभागले म्यासेज समेत गरेर सतर्क हुन अनुरोध गरेको छ ।
आज बिहान ६ बजे जारी गरिएको सूचनामा भनिएको छ, ‘पछिल्लो ३ घण्टा, सुनसरीको इटहरी, मोरङका लेटाङ र हरैँचा आसपास अतिभारी वर्षा भएको र थप हुने, बूढीखोला, खेसलिया, सुनसरी खोला, लोहन्द्रालगायत सुनसरी र मोरङका साना खोलामा आकस्मिक बाढीका साथै होचा स्थानमा डुबानको उच्च जोखिम, बिहान ११ बजेसम्म अतिउच्च सतर्कता अपनाऔँ।’