इटहरी ।झापाको मेची नगरनगरपालिकाका वडा नम्बर १० का तान्छोपहागं लिम्बुको मेचीनगरकै एक मन्टेश्वरी को सेफ्टी ट्याकिंमा परी मृत्यु भएपनि सञ्चालकहरु पक्राउ पर्न थालेका छन् ।
सोमबारै सेफ्टी ट्यांकीमा परी गम्भिर घाइते एका लिम्बुको उपचारको क्रममा निधन भएको छ । घटनापछि प्रहरीले झापा मेचीनगर नगरपालिका(१० को सानो साथी किन्डर गार्डेन मन्टेश्वरी का सञ्चालनसहित तीन जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर ११ का ४५ वर्षीय मनोज गुरुङ, सोही ठाउँकी ३५ वर्षीया रमा सुनार र मेचीनगर १० की २४ वर्षीया अनिसा पोखरेल छन् । गुरुङ मन्टेश्वरी का सञ्चालक तथा प्रिन्सिपल हुन् भने पोखरेल व्यवस्थापक र सुनार कर्मचारी हुन् । अर्का सञ्चालक काठमाडौँ ३१ का ४२ वर्षीय सुरेन रसाइली फरार छन् । गुरुङ र रसाइलीले साझेदारीमा मन्टेश्वरी चलाएका थिए ।
नर्सरीमा पढ्ने लिम्बुको उपचारको क्रममा विर्तामोड स्थित बिएन्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । तान्छोपहाङको मृत्यु भएपछि उनका बुबा खड्कबहादुर सुब्बाले चार जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।
बहराइनमा वैदेशिक रोजगारीमा रहेका खड्कबहादुर छोराको दुस्खद खबर सुनेर मङ्गलबार स्वदेश फकिएका हुन । उनले धुलाबारी इलाका प्रहरी कार्यालयमा साँझ जाहेरी दिएका हुन् । मृतकको शव बिएण्डसी अस्पतालको शवगृहमा राखिएको र बुधबार पोष्टमार्टम गरेर अन्तिम संस्कार गरिने बताइएको छ ।