इटहरी । के पढ्ने ? एसईईको रिजल्ट पछि एक अर्कामा सोधिने र ठोक्किने प्रश्न हो विद्यार्थीहरुको । आर्टस पढ्छु अथवा कमर्स पढ्छु प्राय भनिने शव्द पनि यहि हो तर आर्टस वा कमर्स पढ्दा के हुन्छ भविश्यमा के बन्न सकिन्छ रोजगारमुलक पढाई हुन्छ कि हुदैन त्यो भने अलिक गम्भिर भएर सोच्ने विषय पनि हो ।
२ बर्षपछि प्लस टु सकाउँदा तपाईको हातमा के छ ? के उपलव्धी हासिल भयो ? सर्टिफिकेट मात्रै आयो कि सिप पनि । त्यो अवश्य मुल्यांकन गर्नुपर्छ तर आजै त्यो बुझ्न सके २ बर्षको समय पनि निकै लाभदायक पक्कै हुन्छ ।
पछिल्लो समय छोटो समयमै सिप पढ्ने र सीपसहितको सर्टिफिकेट लिएर २ बर्षमै रोजगार बन्न सक्ने होटल म्यानेजमेन्ट को बिषयले माहौल तताएको छ । नेपालमा पर्यटनको प्रशस्त सम्भावनाहरु छन् र हामी जुन समुदायमा छौँ त्यो समुदायपनि स्वागत सत्कारसँग जोडिएको हुनाले हस्पिटालिटी मा हाम्रो निकै राम्रो दख्खल पनि छ । त्यतिमात्रै नभएर पछिल्लो समय नेपालमा पनि तारे होटल हरु खुल्ने क्रम बढेको छ जसमा आवश्यक पर्ने कामदार भनेको होटल तथा हस्पिटालिटी को क्षेत्र बुझेको वा जानेको हुनुपर्छ ।
यदि तपाई पनि भोलिको दिनमा पाँचतारे होटलसँग जोडिएर काम गर्न अथवा पर्यटनका क्षेत्रमा आफ्नो भविश्य खोज्न चाहनु हुन्छ भने होटल म्यानेजमेन्ट तपाईको रोजाई विषय हुन सक्छ अनि इटहरीको स्किल क्याम्पस पनि ।
विद्यार्थीको रोजाइको बिषय भएको हुनाले पछिल्लो समयमा इटहरीमा मात्रै पनि होटल म्यानेजमेन्ट पढाउने क्याम्पसको संख्या दर्जन नाघेको छ तर विशुद्ध पर्यटन तथा हस्पिटालिटी म्यानेजमेन्ट मात्रै पढाउने एउटै क्याम्पस स्किल क्याम्पस नै भएको यसका प्रबन्ध निर्देशक प्रज्वल पराजुली बताउँछन् ।
सन् २०१५ मा स्थापना भएर विशुद्ध सिप सिकाउने मनसायले शिक्षण सिकाईको काम थालेको स्किल क्याम्पस इटहरीले ५ सय भन्दा बढी विद्यार्थीलाई पास आउट गराइसकेको छ ।
हाम्रो संस्कार र संस्कृतिमै जोडिएको पाहुनाको स्वागत सत्कारलाई व्यावसायीक बनाउन स्किल क्याम्पसले विद्यार्थीहरुलाई पाहुनालाई कसरी सत्कार गर्ने , गुणस्तरीय खाना कसरी बनाएर दिने अनि पाहुनाको लागि पाककला, सर्भिस डेलिभरी जस्ता काम कसरी गर्ने भनेर विद्यार्थीलाई प्रयोगात्मकता सहितको कक्षा दिने गरेको छ । पढ्दा पढ्दै प्रयोगात्मक पनि हुने र छोटो समयमै विश्व बजारमा आवश्यक पर्ने जनशक्ति बन्न सकिने हुँदा पनि होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढेको हो ।
स्किल क्याम्पसले कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट र डिप्लोमा पनि होटल म्यानेजमेन्ट मात्रै पढाउने गरेको छ । फुड प्रोडक्सन, फ्रन्ट अफिस, सर्भिस तथा हाउस किपिङ्गको ज्ञान दिनुका साथै नेपालकै तारे होटल र बाहिरका होटलहरूसँग समन्वय गरेर इन्टर्नसीपको व्यवस्था समेत गर्ने स्किल क्याम्पसका प्रबन्ध निर्देशक प्रज्वल पराजुलीले सुनाए ।
इन्टर्नसिपको लागि जाने विद्यार्थीहरुले त मासिक आधारभुत तलव समेत पाउँछन् भने अवसर खोज्नको लागि प्रयोगात्मक अनुभव तारे होटलबाटै लिन सक्छन् । होटल तथा हस्पिटालिटी क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिएको स्किल क्याम्पसले इटहरीको होटल वरण्डालाई स्थापनाको २ बर्षसम्म व्यवस्थापकीय जिम्मा लिएर सन्चालन गरेको थियो भने अहिले पनि क्याम्पसकै व्यवस्थापनमा क्याफे दि अपस्टेयर नामको क्याफे इटहरी चोकमै सन्चालनमा आएको छ ।
इटहरी चोकमै रहेको क्याम्पसले उक्त क्याफे आफैँ सन्चालन गरीरहेको छ । आफ्नै क्याफे भएको हुँदा विद्यार्थीलाई रियल टाइममा कस्तो सीपको आवश्यक पर्छ त्यहि सिकाउन समस्या नहुने क्याम्पसको भनाई छ ।
विहान ६ बजेदेखि २ बजेसम्म र ९ बजेदेखि ५ बजेसम्म गरेर २ सिफ्ट पढाई हुने स्किल क्याम्पसमा कक्षा ११ मा ७५ देखि धेरैमा ८० जनासम्मलाई मात्रै पढाउने गरिएको छ भने डिप्लोमा इन होटल म्यानेजमेन्टमा त झनै जम्मा ४० जनाको मात्रै सिट राखिएको छ ।
धेरै विद्यार्थी भर्ना गरेर गुणस्तर घट्न सक्ने भएकाले सिमित विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने उदेश्य रहेको प्रबन्ध निर्देशक पराजुली सुनाउँछन् ।
‘हामी विश्व बजारसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्न सक्छौँ हाम्रो प्रतिस्पर्धा इटहरी भन्दा पनि ग्लोवल्ली हो ।’ पराजुलीले हामीलाई सुनाए ।
विद्यार्थी भर्ना लिनासाथ विद्यार्थीलाई पहिलो कक्षा कोठामा लैजानु पुर्व हलमा लगेर उनिहरुलाई एक आपसमा घुलमिल हुन दिने । नजानेको कुरा सिकाउने र मात्रै कक्षा कोठामा लैजाने स्किल क्याम्पसले बताएको छ ।