इटहरी । धरान उपमहानगरपालिकाको नगरप्रहरीको टोलीले आफ्नो सिमा प्रारम्भ हुने भन्दै तरहराको पानीपियामा सिमा बोर्ड राखेको छ ।
यस अघि धरान उपमहानगरले राखेको बोर्डलाई इटहरी उपमहानगरको युवा संघको टोलीले निकालेपछि लामो बिवाद भएको बिषयलाई धरानले पुन व्युताएको हो । मेयर हर्क साम्पाङको निर्देशन वमोजिम सोमबार बिहान नगर प्रहरीले पानीपियामा पुगेर सिमा प्रारम्भ भएको बोर्ड राखेको हो । नगर प्रहरी प्रमुख विष्णु कोइरालाको नेतृत्वमा गएको नगर प्रहरीले बोर्ड राखेर फर्केको हो । यसअघि पनि धरानले सोही स्थानमा सिमा प्रारम्भ भएको बोर्ड राखेको थियो । त्यसबेला एमाले निकट राष्ट्रिय युवा संगठन इटहरीले राती बोर्ड उखेलेर लगेको थियो ।
नगर प्रहरीले कोशी राजमार्गमा पर्ने सेउती खोलाको पुलमा राखिएको नेपाल प्रहरीको बोर्ड पनि हटाएको छ । इटहरी र धरान प्रहरीले आफ्नो सिमा क्षेत्र प्रारम्भ भएको बोर्ड सेउती खोला वारी र पारी राखेको थियो । प्रहरीको उक्त बोर्डले पनि धरान र इटहरी उपमहानगरको सिमा भएको भन्ने भ्रम सृर्जना गरेको भन्दै मेयर साम्पाङले हटाउन निर्देशन दिएका बताइएको छ । यद्यपि प्रहरीको सिमा भने सेउती खोलालाई नै मानिदै आएको छ ।
सुरुमा सिमा बोर्ड राख्दै गर्दा इटहरी उपमहानगरका मेयर हेमकर्ण पौडेलले पत्रकार बोलाएर प्रेम वक्तव्य नै सार्वजनिक गरेका थिए भने मेलमिलापबाटै जान सकिनै भन्दै धरानलाई पत्रचार गरेका थिए । मेयर साम्पाङले पानी पिया नै सिमा भएको दावी गरेका छन् । यस अ घि जिल्ला समन्वय समितिलाई सिमा विवाद हल गर्न पत्राचार गरेपनि समाधान हुन नसकेको उनले बताए ।