आर्थिक वृद्धि २ प्रतिशतमा सिमित हुन्छ भिम आचार्य

इटहरी । आर्थिक वृद्धिदर २ प्रतिशत पनि नहुने सांसद भिम प्रसाद आचार्यले बताएको छन् । सरकारले ६ प्रतिशत आर्थिक वृद्धि सहितको बजेट प्रस्तुत गरेको भन्दै आचार्यले त्यो चुम्न बजेट सफल नहुने बताएका हुन ।
सांसदमा विशेष समय लिएर बोल्दै शुक्रबार आचार्यले आपुर्ति शृंखलामा परेको चाप र बढ्दो साधारण खर्च र घट्दो राजश्व संकलनका लागि टालटुले पाराले सम्भव नहुने आचार्यले बताएका छन् । मुलुकका समस्यामा बजेट नबोलेको र रोजगारी सिर्जनाका लागि बजेटले नबोलेको समेत आचार्यको भनाई छ ।

https://www.youtube.com/watch?v=8encaRPVp1Y&t=1s
मुलुकको गम्भिर आर्थिक संकट गन्तव्य र बिकासको दृष्टिकोण नभएको सुनसरी २ का सांसद भिम आचार्यले बताएका छन् । न फेद को न टुप्पोको बजेट आएको छ । नाराको सँगाले छ तर कार्यक्रम केहि छैन भन्दै आचार्यले नीति कार्यक्रममा ४१ वटा कानुन बनाउने भनिएको भएता पनि कानुन बनाउनका लागि संसदमा कुनै छलफल नभएको बताएका छन् । तीन खम्बे अर्थनितीका लागि कुनै पनि लक्ष्य नभएको आचार्यको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.