झुम्का । झुम्का जेसिजको आयोजनामा भोली आइतबार देखि रामधुनी नगरका वडा स्तरिय क्रिकेट प्रतियोगिता सन्चालन हुने भएको छ ।
रामधुनी ५ स्थित पिप्राहा खेलमैदानमा हुन लागेको क्रिकेट प्रतियोगिता जेठ ३२ गतेसम्म चल्ने आयोजकले बताएका छन् ।
झुम्का जेसिज र जुनियर जेसिसको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोग तथा रामधुनी क्रिकेट क्लव सक्रियतामा प्रतियोगिता सन्चालन हुन लागेको हो ।
प्रतियोगिताको टाईसिट समेत प्रकासित गरिसकेको छ । ६ वटा टिमको सहभागिता रहने बताइएको छ । प्रकासित टाई सिट अनुसार ग्रुप ए मा वडा नम्बर ३, वडा नम्बर ६ र ७ र रामधुनी ए रहेका छन् भने ग्रुप बि मा वडा नम्बर १, वडा नम्बर ५ र रामधुनी बि रहेका छन् ।
खेल टि ट्वान्टि फर्मेटमा सन्चालन हुने आयोजक समुहका भोजराज तिम्सिनाले बेष्टसञ्चारलाई जानकारी दिए ।