रामधुनी : रामधुनी ५ सुनसरीमा रहेको आरम्भ बिधा मन्दिरले दुई दिने स्काउट क्याम्प आयोजना गरि शनिबार यहाँ सम्पन्न भएको छ ।
नेपाल स्काउट कोशी प्रदेश अन्तर्गत रहेकोे आरम्भ स्काउट दलको आयोजनामा क्याम्प भएको थियो ।

समापन समारोहमा प्रमुख अतिथी रहनु भएका रामधुनी नगरपालिकाकि उप प्रमुख तारा थापाले बिपद परेको बेला मानबिय सेवामा उद्दारको भावना लिइ काम गर्दै आएको परोपकारी सस्था स्काउट रहेको र आफनो क्षेत्रमा स्काउटको ट्रुप सन्चालन हुनु प्रसम्सनिय रहेको बताउनु भयो । उहाले स्काउटमा अनुशासन अपरिहार्य छ, अनुशासन बिद्यार्थीको गहना भएकोले यसलाइ सदैब जोगाइ राख्नु पर्नेमा जोड दिनुपर्ने धारणा राख्नु भएको थियो ।

बिधालयका प्रधानाध्यापक बिमल बरालले आधुनिक युगमा मानबिय सहयोग हराउदै गएकोले अप्ठ्यारोमा परेको बेला अरुलाइ सहयोग गर्ने ज्ञान सिकाइ रहेको बताउनुभयो ।
कार्यक्रममा बिराटनगर स्काउटका प्रल्हाद राजबन्सी, धरान स्काउटका सुर्य कुमार सुनुवार , ग्राम थान स्काउटका सिर्जना माझी, बराहक्षेत्र स्काउटका चेतना भट्टराई लगायतको उपस्थिति रहेको थियो ।

दुई दिनसम्म रहेको स्काउट क्याम्प बिधालयको नजिकै रहेको डङ्ग्राही पोखरीमा रहेको क्याम्पमा अभ्यास गराइएको थियो । क्याम्पमा सुपरम्यान, कमाण्डो बृज, मङ्की कलिङ, ल्याण्डर क्रसिङ, लेण्ड माइन्ड, टायर क्रम , बेम्बो ल्याण्ड , बिम क्लाइम्बिङ , क्याम्प फायर अभ्यास गराइएको आयोजक सस्थाले जानकारी दिएको छ । आरम्भ स्काउटमा ११ बर्षदेखी १५ बर्ष उमेर समुहका ९६ जना बालबालिका रहेको बिध्यालयका एकेडेमिक डाइरेक्टर हरि रायमाझीले जानकारी दिनुभयो ।
कार्यक्रमको उदघाटन शुक्रवार रामधुनी नपाका उपप्रमुख तारा थापाले गर्नुभएको थियो । सोहिदिन बिराटनगर स्काउटका सदस्य प्रहलाद राजबन्सीले बिधालयका प्रीन्सिपल लक्ष्मी प्रसाद बराललाइ स्काउट दीक्षा प्रदान गर्नुभएको थियो ।
( धिरेन्द्र चौधरीको सहयोगमा)

