इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष केशव गौतम परस्त्री सहित धरानको एक होटलबाट रंगेहात पक्राउ परेका छन् ।
गौतम परस्त्री सँग होटलमा रहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यलय धरानबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
नेकपा एमालेबाट टिकट पाएर दोस्रो कार्यकाल वडा अध्यक्ष चलाइरहेका गौतम रामधुनी ७ कै महिलासँग रंगेहात भेटिएको बताइएको छ ।
महिलाका आफन्तले महिला वडाअध्यक्ष गौतम सहित धरान १२ मा रहेको शुभकामना होटलमा रहेको भन्ने सुचना दिएपछि इलाका प्रहरी कार्यलय धरानबाट प्रहरीको टोली खटिइएको थियो ।
प्रहरीले दुवैलाई अर्धनग्न रुपमा भेटेको बताइएको छ । इलाका प्रहरी कार्यलय धरानमा लगिएको गौतमलाई छाड्न सभासद देखि माथि सम्मबाट फोन आइरहेको स्रोतले बताएको छ ।
इलाका प्रहरी कार्यलय धरानका प्रहरी नायव उपरिक्षक नवराज मल्लले धरानको होटलबाट केशव गौतम र एक जना महिलालाई पक्राउ गरिएको प्रमाणित गरेका छन् ।
बेष्ट सञ्चारसँगको कुराकानीमा बोल्दै डिएसपी मल्लले भने ‘ केशव गौतम जि र एक जना महिला हाम्रो सम्पर्कमा हुनुहुन्छ । थप हामी अनुसन्धान गरिरहेका छौँ । ’
यसबारे थप विवरण आउन बाँकि छ ।

