कामधेनु दुग्ध विकास सहकारीको १४ औँ साधारणसभा, शेयर, निक्षेप र कोष घट्यो एक बर्षमा ६४ लाख नाफा

इटहरी । इटहरी १ मा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले आफ्नो १४ औँ बार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ ।

इटहरी १ स्थित आफ्नो प्रांगणमा आयोजित साधारणसभालाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष यादप ढकालले संस्थाको गत बर्षको तुलनामा शेयर रकम, निक्षेप तथा कोषमा गिरावट आएको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

गत बर्ष ५ करोड १८ लाख ९७ हजार सेयर पुँजी रहेको संस्थामा यस बर्ष १ लाख ८२ हजार रुपैँया शेयर फिर्ता गर्दै ५ करोड १७ लाख १५ हजारमा सिमित रहेको प्रतिवेदन छ भने संस्थाको कोषमा ९५ लाख ७४ हजार ६३४ रूपैँयाले गिरावट आएको छ ।

आर्थिक बर्ष २०७९÷८० मा संस्थामा सदस्यहरुले गर्ने बचत निक्षेपमा समेत गिरावट आएको छ । गत बर्ष संस्थामा ७ करोड ६० लाख ८७ हजार ६०९ रुपैँया बचत निक्षेप रहेकोमा यस बर्ष ७४ लाखले निक्षेपमा कमी आएको छ भने संस्थाका सदस्यले लिएको ८ करोड ६१ लख ६४ हजार १८२ रुपैँया ऋण असुली हुन बाकी रहेको बताइएको छ । निरन्तर तोकता गर्दा पनि केहि ऋण असुली नभएको भन्दै संस्थाले त्यसलाइं शंकास्पद ऋणमा सुचीकृत गरेको बताएको छ ।

संस्थाले आर्थिक बर्ष २०७८÷०७९ मा १ करोड ६२ लाख ८८ हजार ३५४ रुपैँया नाफा कमाएकोमा गत आर्थिक बर्षमा नाफा समेत झण्डै १ करोडले घटेको छ । संस्थाले आर्थिक बर्ष २०७९÷८० मा कर पछिको नाफा ६४ लाख ९४ हजार कमाएको छ भने यसको कारण विकसित राष्ट मा भएको द्धन्द्धका कारण आर्थिक मन्दीलाई देखाइएको छ ।

कोशी प्रदेशका ७ वटा जिल्लाबाट दुध संकलन गरी दुध र दूधजन्य पदार्थको बिक्रि वितरण गरिरहेको संस्थाले आफ्ना दुग्ध जन्य पदार्थ बिक्रि नभई स्टकमा रहेका कारण कतिपय अवस्थमा किसानको दुधको भुक्तानी गर्न समेत गाह्रो भएको स्वीकार गरेको छ ।

संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष यादप ढकालले संस्थाको बिभिन्न कम्पनीहरुमा ८८ लाख ८९ हजार बराबरको सेयर रहेको र भौतिक सम्पत्तिको अवस्था राम्रो रहेको बताए ।

चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थाका व्यवस्थापक पर्शुराम कार्कीले आगामी बर्ष १ करोड १४ लाख नाफा गर्ने अनुमान प्रस्तुत गरेका छन् ।

संस्थाका उपाध्यक्ष इन्द्र बहादुर बानियाले स्वागत गरेको कार्यक्रममा सुनसरी क्षेत्र नम्बर २ क का प्रदेश सांसद रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै सांसद भण्डारीले प्रदेश सभाबाट हुने सहयोगमा आफु तयार रहेको बचत दिएका थिए भने संस्थाका निवर्तमान अध्यक्ष बाबुराम दाहाल खत्रीले सगरमाथा डेरी विशिष्टिकृत सहकारी संघको माध्यमबाट दुधको पाउडर उत्पादन गर्ने काम शुरु भइसकेको भएपनि अव दुध जन्य पदार्थको बिक्रि कसरी बढाउने भन्ने बिषयमा चिन्तित हुँदै योजना बनाउनुपर्ने बताए ।

कार्यक्रममा इटहरी उपमहानगरपालिकाको वडा नम्बर १ र २ का वडाअध्यक्षहरू क्रमश कैलाश कार्की र माधव कोइरालाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.