इटहरी । रामधुनी नगरपालिका वडा नम्बर ३ का २४ बर्षिय विश्वमणी आचार्य धरानको एक होटलमा मृत फेला परेका छन् ।
आचार्यको शव कोठाभित्रैबाट चुकुल लगाएर घाँटी ब्लेडले काटेको अवस्थामा आचार्यको शव भेटिएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । ढोका लामो समयसम्म पनि नखोलेपछि साँझ प्रहरीमा खबर आएको र मृतकका अभिभावक, होटल व्यवसायी, वडाका जनप्रतिनिधिको रोबहरमा ढोका फोडेर भित्र पसेर हेर्दा शव भेटिएको इलाका प्रहरी कार्यलय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए ।
उनका अनुसार कोठाको चुलुक भित्रैबाट लगाएको र झ्यालहरु पनि ग्रिल भएको कारण अन्य कोही प्रवेश गर्नसक्ने अवस्था नरहेको पाइएको छ । भेटेनरी व्यापारीको बोलेरो गाडी चलाउने आचार्यको शव व्लेडले घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । होटलको ढोका फोड्दा धरान उपमहानगरपालिका वडा नं ९ की वडा सदस्य विन्दु कार्की समेत उपस्थित थिइन । इलाका प्रहरी कार्यलय धरानका डिएसपि नवराज मल्लले कोठा भित्र ब्लेड बाहेको धारिलो हतियार फेला नपरेको बेष्ट सञ्चारलाई सुनाए । आचार्य सोमबार धरान स्थित होटलमा आएर बसेको पाइएको छ ।
बेलुका खाना खान्छ कि भनेर बुझ्न जादा ढोका नखोलेपछि घटनाबारे शंका बढेको बताइएको छ । आचार्यले हाटलमा दिएको नम्बरमा सम्पर्क गर्दा आमाको नम्बर पाइएको र , त्यसपछि घटनाबारे होहल्ला भएको रहेछ प्रहरीले बताएको छ । कोठामा मदिराको बोतल पनि भेटिएको उनले बताइन् ।
आचार्य भेटेनरी व्यासायको पैसा संकलन गर्न पहाड गएर फर्किएको र केहि नगद समेत कोठामा फेला परेको बताइएको छ । । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र पोष्ट मार्टम पछि आचार्यको बुधबार दाहसंस्थकार गरिएको बताइएको छ ।

