दशैंको मुखमा इटहरी २० को उदाहरणीय काम, एउटै मन्चमा दश जातिको संस्कृती र पहिचान

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २० का वडा अध्यक्ष मणिराम श्रेष्ठले दशैँ तिहार तथा छैठ पर्वको अवसर पारेर बिभिन्न जात जातिको मौलिक परम्परा झल्किने गरी सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् ।

वडा कार्यालयसँगै मंगलबार आयोजना भएको भव्य कार्यक्रममा अनेकतामा एकता झल्किने गरी बिभिन्न जात जातिका झाँकि सहिहको आफ्नो पहिचान झल्किने प्रस्तुतीले मन्त्रमुग्ध गराइरह्यो ।

वडाअध्यक्ष श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरी उपस्थित भएकी थिइन । कार्यक्रममा बोल्दै प्रमुख अतिथी चौधरीले गत बर्षबाट वडा नम्बर २० ले सुरु गरेको अनेकतामा एकता वडा नम्बर २० को विशेषता नारा दिइएको कार्यक्रम ऐतिहासिक भएको भन्दै अन्य वडाले पनि यस्ता कार्यक्रमको सिको गर्नुपर्ने भनाई राखेकी थिइन । थारु कल्याणकारिणी इटहरी २० का कलाकारहरुको प्रस्तुती सकाइञ्जेल मन्चमा बसेकी चौधरीले कला सस्कृतीको संरक्षणका लागि वडा नम्बर २० का वडा अध्यक्षले ल्याएको योजनाको खुलेरै प्रशंसा गरेकी थिइन ।

थारु,मगर, गुरुगं, लिम्बु, ब्राहमण सहित बिभिन्न जातजातिको झाँकि सहित कार्यक्रम स्थलमा उपस्थित भएका हस्ति हरुले आफ्नो जातजातिको पहिचान अनुसारको सांस्कृतिक प्रस्तुती दिएका थिए ।

कार्यक्रममा ब्रहमाण समाजको झाँकि,नेपाल मगर संघको हुर्रा नाच,तामाङ्ग घेदुगंको सेलो डम्फु, सयुक्त खस क्षेत्रीको हुर्केली नृत्य,नेपाल दशनामी समाजको संगिनी नृत्य,गुरुगं बौद्ध गुम्बा तमु सेवा समितिको घाटु नृत्य, किराँत याक्थुङ चुम्लुङको केलागं नृत्य तथा थारु कल्याणकारिणी को धुम्राहा नाच प्रस्तुत गरिएको थियो भने नेवा खलको लाखे नाच र किराँत राई यायोक्खाको चण्डी नाच प्रस्तुत गरिएको थियो ।

सोहि कार्यक्रमको अवसर पारेर तरहराकै बासि हाल अमेरिका बसोबास गर्ने सुमन दाहाललाई इटहरी उपमहानगरपालिका वडा नम्बर २० को कार्यालयले सम्मान गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.