सक्रिय इटहरी उद्योग वाणिज्य संघ, ७ महिनामा ३३ काम

इटहरी । जीवन पराजुली इटहरी उद्योग वाणिज्य संघको नेतृत्वमा आएपछि बिभिन्न सेक्टरको ३३ वटा काम गरेको बताएका छन् ।

बिहीबार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै अध्यक्ष पराजुलीले आफ्नो नेतृत्वमा उद्योग वाणिज्य संघ भएदेखि उद्योगी तथा व्यावसायीका हकका लागि बिभिन्न ३३ काम गरेको बताएका हुन ।

उनले जसमा होली मिलन कार्यक्रम ,दोहोरो कर सम्बन्धी स्थानीय सरकारसङ संवाद , बैङ्क ब्याजदरका कारण व्यवसायहरूमा पर्न गएको असर सम्बन्धी बैकका शाखा प्रबन्धकहरूसङ अन्तरक्रिया , किराना व्यवसायहरूको मुख्य समस्या बनेको पुरानो ढक तराजु नवीकरण गर्ने विषयमा एक दिने शिविर,बैङ्क तथा बितिय संस्थाहरूसङ ब्याजदर सम्बन्धी एक दिने अन्तरक्रिया , महिला उद्यमी मेला जस्ता महत्त्वपूर्ण कामहरू सम्पन्न भएको बताए ।

यो सँगै अध्यक्ष पराजुलीले व्यवसायीहरूका हक हितका लागि उवासंघ इटहरी सदैव तत्पर रहेर काम गरेको बताए । इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख पौडेलले आफूले उद्यागी व्यापारीको लागि आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताए । काम गर्दै जाँदा केही नकारात्मक टिका टिप्पणीहरू आएपनि आफू त्यसमा कतै पनि विचलित नभई जनताको मर्म अनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै उपस्थिति सबैमा सुभकामना व्यक्त गरे ।

कार्यक्रममा सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे , सुनसरी प्रहरी प्रमुख बिपिन रेग्मी ,नेपाल उद्योग वाणिज्य महासङ्घ कोसी प्रदेश अध्यक्ष राजेन्द्र राउत , इटहरी उवासंघका पूर्व अध्यक्ष भीम पौडेल , लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.