इटहरी । इटहरी–२ मा गएराति हात्ती आक्रमणमा परी मृत्यु भएका पीडित परिवारलाई उपमहानगरले एक लाख रुपैयाँ दिने भएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले पीडित परिवारको घरमा पुगेर एक लाख रुपैयाँ दिने घोषणा गरेका हुन ।
उनले हात्ती नियन्त्रण गर्नका निम्ति आफूहरूसँग कुनै सयन्त्र नभएको समेत बताए ।
गएराति इटहरी–२ बुढासुब्बा चोक नजिकै हात्ती आक्रमणबाट २६ वर्षीय रविन खड्काको मृत्यु भएको थियो ।
उनलाई बुधबार ९ बजे हात्तीले आक्रमण गरेको थियो । हात्ती धपाउन ठूलो भीड जम्मा भएका स्थानीयले हात्ती धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

