झुम्का, । नेपाल सरकारले लैङ्गिक हिंसा बिरुद्ध सचेतना अभियानका लागि प्रत्येक बर्ष चलाइन १६ दिने अभियान रामधुनीमा पनि सनिवार सुरु गरिएको छ ।
यस बर्ष मंसिर ९ गते देखि २४ गते सम्म “लैङ्गिक हिंसा अन्तयको सुनिश्चता, महिला र बालबालिकामा लगानीको ऐक्यवद्धता” भन्ने राष्ट्रिय नाराका साथ अभियान मनाउन लागेको हो ।
रामधुनी नगरपालिकाले यस अभियानलाई रामधुनी १ नं. वडामा लैङ्गिक हिंसा र कानूनी सहायता सचेतना सहितको कार्यक्रम गर्दै सुरु गरेको हो ।
वडा स्तरीय महिला समिति र थारु महिला उत्थान समाजको आयोजनामा नगर प्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा सचेतना मुलक कार्यक्रमको उद्धघाटन गरेका थिए ।
सचेतना अभियान उद्धघाटन कार्यक्रममा उपप्रमुख तारा थापाले आफनो धारणा राख्दै महिलाहरु बैठक, सेमिनारमा मात्र सिमित नरहेर हिंसा बिरुद्ध लाग्नु पर्ने बताइन । लैङ्गिक हिंसामा बढी महिलाहरु पिडित हुने गरेकोले महिलाहरु यस प्रति सशक्त रुपले लाग्नु पर्ने उपप्रमुख थापाको भनाइ छ ।

कार्यक्रममा उद्धघाटन सत्रको समापन पछि लैङ्गिक हिंसा, लैङ्गिक हिंसाका प्रकार , लैङ्गिक हिंसामा पिडितको अबस्था ,लैङ्गिक विभेद न्युनिकरण गर्न राज्यले गरेको कानूनी व्यवस्था, संवैधानिक व्यवस्था, कानूनी सहायता बारे सचेतनाका लागि रामधुनी नगरमा अभियान सुरु गरेको महिला बालबालिका शाखाका मोनाश्री आचार्यले बताइन ।
कार्यक्रमका सहयोगी रामधुनी १ नं. वडा कार्यालय तथा वडा अध्यक्ष महेश चौधरी, प्रस्तावित इलाका प्रहरी कार्यालय झुम्काका प्रमुख सुजन मुदेल, कार्यपालिका सदस्य सुशिला ढुंगाना, वडा सदस्य उमा थरुनी लगायतका सरोकारवाला तथा महिला तथा बालबालिकाहरुको सहभागिता रहेको थियो ।

सचेतना अभियान कार्यक्रममा सहजिकरण प्रस्तावित इलाका प्रहरी कार्यालयका प्रमुख मुदेल, कानूनी परामर्स दाता अमित कुमार यादव र अनवर सेखले गरेका थिए । कार्यक्रम प्रत्येक वडामा लैङ्गिक हिंसा र कानूनी सहायता सचेतनासहितको कार्यक्रम आयोजना हुने छन् ।
नगर स्तरीय कार्यक्रम अभियानमा समनव्य रामधुनी नगरपालिकाको रहेको छ भने सहयोगीहरु वडा कार्यलयहरु, सेभ द अर्थ सुनसरी, इटिसी नेपाल, आसमा नेपाल र इलाका प्रहरी कार्यालय पकली रहेको महिला बालबालिका शाखा रामधुनीले जनाएको छ ।
कार्यक्रम वडा स्तरीय महिला समिति र थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरीको सभापतित्वमा भएको थियो भने कार्यक्रम दिलकुमारी चौधरीले संचालन गरेकी थिइन् ।

