मेला महोत्सवमा रोटेपिगं, रेल गाडी जस्ता जोखिमका खेल नचलाउन सुनसरी जिल्ला प्रशासनको आग्रह

इटहरी । सुनसरी जिल्ला प्रशासन कार्यालयले मेला महोत्सवमा रोटेपिगं, रेल गाडी, कुस्ती जस्ता खेल नलगाउन आग्रह गरेको छ ।

आइतबार एक सार्वजनिक सुचना जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले मेला महोत्सवमा जोखिमपूर्ण खेल सञ्चालन नगर्न आग्रह गरेका हुन ।

उनले धार्मिक कार्यक्रमहरु विवाह, व्रतबन्ध, पुराण लगाउँदा अत्यधिक ध्वनि प्रदुषण हुने जनगुनासो आएको भन्दै त्यसो नगर्न जिल्ला बासीलाई सुचना मार्फत आग्रह गरेका छन् ।

यस अघि सुनसरी जिल्ला प्रशासनले धार्मिक सांस्कृतिक कार्यक्रममा अरुलाई असर गर्नेगरी ध्वनि आउने कार्यक्रम नगर्न भनेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.