इटहरीको सरस्वती सामुदायिक वन उपभोत्ता समितिको १७ औँ साधारणसभा सम्पन्न, अध्यक्षमा खेमराज थापा चयन

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको सरस्वति सामुदायिक वन उपभोक्ता समितिको १७ औँ साधारणसभा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष तुलामोनी लिम्बुको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा डिभिजन बन कार्यालय तरहराका प्रमुख दिनेश कुमार यादव, तालतलैया विकास संरक्षण समितिका अध्यक्ष लक्ष्मी प्रसाद खनाल, इटहरी ३ का निवर्तमान वडा अध्यक्ष बालकृष्ण विष्ट, वडाध्यक्ष उमेश सुवेदी, तालतलैया अस्थाई प्रहरी चौकीका इन्चार्ज हरी सुवेदी साथै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अतिथीहरुले मन्तव्य राख्दै वन जोगाउने वा मास्ने भन्ने अधिकार उपभोत्ताकै भएको बताउँदै वातावरणको रक्षाका लागि वनको महत्व बारेमा बोलेका थिए ।

वनको संरक्षणका लागि वैकल्पिक मार्ग अपनाउनुपर्ने बताउँदै अतिथीहरुले यसको संरक्षणमा आफ्नो तर्फबाट खेल्ने भुमिकाको लागि आफुहरु तयार रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख संगीता कुमारी चौधरीले वन संरक्षणका लागि कुनै पनि कार्यक्रम भए आफसँग लिएर आउन अनुरोध गरेकी थिइन ।

यसैगरी संस्थाले आगामी कार्यकालका लागि नयाँ पदाधिकारीको समेत चयन गरेको छ । नयाँ कार्यसमितिको अध्यक्षमा खेमराज थापा, उपाध्यक्षमा रामकुमार लिम्बु, सचिवमा निर्मला विक, सहसचिव विजय विक्रम लिम्बु, कोषाध्यक्षमा पुजा लावती र सदस्य हरुमा नविन लिम्बु, हिनामाया कार्की , खेमराज तामागं, बालकुमारी योगहागं लिम्बु, सुमित लिम्बु, कविता गौतम, करिस्मा खड्का, सुस्मा बराल, अविनास लिम्बु र किरण लिम्बु चयन भएका छन् ।

संस्थाका सचिव राजेन्द्र सुन्दासले स्वागत गरेको औपचारिक कार्यक्रमको सञ्चालन रेनुका राईले गरेकी थिइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.