दशैको मौकामा इटहरीमा चोरी गर्ने ९ जना पक्राउ

इटहरी । दशैँको मौका छोपेर चोरी गर्ने ९ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलय इटहरीबाट खटिएको टोलीले बिभिन्न ठाउँमा चोरीको आरोपमा ९ जनालाई पक्राउ गरेको हो ।

दसैंको समय पारेर चोरी गर्ने नौ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीला डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा राजेश सिंह, समीर चौधरी, विक्रम क्षत्री, आकाश भुजेल, सुरेश तामाङ, जब्दी सरदार, मोहम्मद जाकिर अन्सारी, मोहम्मद मुन्ना मियाँ र मोहम्मद आलम रहेका छन् ।

उनीहरूले विभिन्न मितिमा चोरी गरेका थिए । पक्राउ परेकाहरूले घरायसी सामानदेखि साइकलसमेत चोरी गरेको प्रहरीको भनाइ छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.