इटहरी । मोरंगको जहदाँ गाँउपालिकामा दुई साढे जुध्दा एक महिलाको मृत्यु भएको छ ।
बिहीबार गाँउपालिका ३ स्थित जयरामपुरमा दुई वटा साढे जुध्दा सो घटना भएको स्थानीय सतिश राजवंशीले जानकारी दिए । सडकमा दुई साढे जुध्दै गर्दा एउटा साढे भागेर घरमा पसेपछि ६० वर्षीया घुर्नी खातुनलाई किच्न पुगेको उनको भनाई छ ।
सडक नजिक रहेको घरको आगनमा बसिरहेको अवस्थामा साढेले किचेपछि महिला गंभीर घाइते हुनपुगेको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ।
साढेले किचेर गंभीर घाइते भएकी महिला खातुनलाई तत्काल उपचारका लागि परिवार सदस्यले विराटनगरस्थित कोसी अस्पताल ल्याएका थिए । सोही क्रममा महिलाको करिब दिउँसो १२ बजे मृत्यु भएको बताइएको छ ।
महिलाको मृत्युभएसंगै परिवार र छिमेकीहरुले उपचारमा लापार्वाही भएको जनाउँदै नारावाजी गरेका थिए । हाल सो घटनाबारे थप अनुसन्धानका लागि वडा प्रहरी कार्यालय विराटनगरबाट टोली परिचालन भएको छ