सुनसरी र झापामा लागुऔषध सहित ७ जना पक्राउ

इटहरी । सुनसरी र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार अपरान्ह ४ बजे प्रहरी चौकी चारआलीको प्रहरी टोलीले झापाको चारआली चौकबाट शंकास्पद अवस्थामा हिडीरहेका झापाको मेचिनगर नगरपालिका १४ का २२ बर्षीय अजय राजवंशि र मेचिनगर नगरपालिका १२ का २२ बर्षीय समिर धिमालको साथबाट ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित निजहरुलाई नियन्त्रणमा लिएको हो ।

यसैगरी वडा प्रहरी कार्यालय धरानले प्रतिबन्धीत औषधि ट्रामाडोल १९२ एम्पुल र डिकोलिक १९२ एम्पुल सहित सुनसरीको धरान नगरपालिका १० की १९ बर्षीया श्रदा क्षेत्री , बर्ष २३ का किसन राई, बर्ष १५ का गोपाल क्षेत्री र १७ बर्षीञ उत्सब बि क लाई उक्त परिणामको अबैध लागुऔषध सहित नियन्त्रणमा लिएको थियो ।

यस्तै अस्थायी प्रहरी पोष्ट बरगाछी धरानबाट खटिएको प्रहरीको टोलीले झापाको झापा गाउँपालिका ६ घर भई हाल धरानको भोटेपुलमा होटल संचालन गरी बसेका ६४ बर्षीय दिल बहादुर कार्कीलाई शंका लागी चेकजाँच गर्दा निजको सुत्ने कोठा भित्रबाट स्पास्मोप्रोक्सिबन १०० ट्याब्लेट बरामद गरेको थियो । अबैध लागुऔषध सहित पक्राउ परेका सातै जना उपर सम्बन्धित प्रहरी कार्यालयहरुबाट आवश्यक अनुसन्धान भई रहेको प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.