इटहरी । अर्काको व्वाई फ्रेण्डसँग बोलेको आरोपमा युवतीमाथि निर्घात कुटपिट गर्ने सुनसरीका पाँच युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
सुनसरीको बराहक्षेत्र नगरपालिका ९ राजाबासस्थित युवतीहरूमाथि कुटपिट गर्ने पाँचैजनालाई प्रहरीले पक्राउ गरीएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ ।
असार २९ गते साँझ ५ बजेतिर आफ्नो ब्वाइफ्रेन्डसँग बोलेको भन्दै बराहक्षेत्र ८ की १७ वर्षीया सन्ध्या परियार, १६ वर्षीया नवीना विश्वकर्मा र १९ वर्षीया मनीषा राईलाई निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
कुटपिटमा संलग्न बराहक्षेत्र १० की १९ वर्षीया प्रीति लिम्बू, बराहक्षेत्र ८ की १९ वर्षीया दुर्गा राई, सोही वडाकी २२ वर्षीया विनिता उराँव, बराहक्षेत्र ९ की १९ वर्षीया सन्जिता राई र सोही ठाउँकी १९ वर्षीया निहाङ राई रहेकी छन् । अर्का दुर्गा र विनिता नामका युवतीलाई प्रहरीले घटना सार्वजनिक भएलगत्तै पक्राउ गरीसकेको छ ।
बराहक्षेत्र ९ कै मनीषा राईसहित तीनजनाले उनीहरूको विरुद्धमा प्रहरीमा उजुरी दिएको र कुटपिट गरेको भिडियोसमेत सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले तत्काल फरार रहेका उनीहरूको खोजी कार्य अगाडि बढाएको थियो ।
जाहेरीका आधारमा प्रहरीले सोही दिन प्रीतिलाई पक्राउ गरेको थियो । यस्तै, दुर्गा र विनितालाई भने साउन २ गते इटहरीबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनामाथि अभद्र व्यवहार मुद्वामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ