इटहरी । मंगलबार इटहरी चोकमा टिपरले ठक्कर दिँदा मृत्यु हुने इटहरी ८ की सरिता चौधरी रहेको पाइएको छ ।
इलाका प्रहरी कार्यलय इटहरीले दिएको जानकारी अनुसार इटहरी ३ बौका माइती भएकी चौधरी इटहरी ८ गैसारकी बासिन्दा हुन । आज दिउँसो इटहरीको मुख्य चौंकमा ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएपछि सरिताको घटना स्थलमै मृत्यु भएको थियो भने छोरी घाइते भएकी थिइन । प्रहरीका अनुसार छोरी अंशुको विराटनगरमा उपचार भइरहेको छ ।
इटहरीको खनार जान हिँडेका आमाछोरीलाई इटहरी चोकमा कान्छाराम कन्स्ट्रक्सनको ना १ क ९१०७ नम्बरको टिपरले ठक्कर दिएको बताईएको छ । सरिताका आमा छोरी को १४ प ५२६ नम्बरको स्कुटरमा सवार थिए ।
विराटनगर लाइनतर्फ जान लागेको स्कुटरलाई पूर्व लाइन जाँदै गएको टिपरले ठक्कर दिएर सरिताको ज्यान गएपछि स्थानीयबासीले टिपरमा तोडफोड गरेका थिए । स्थानीयले इटहरीको मुख्यचौंकमा टायर बालेर सडक अवरुद्ध बनाएका थिए ।
प्रहरी र सर्वधारणको झडपमा क्रममा नेपाल प्रहरीका ६ जना र सशस्त्र प्रहरीका ३ गरी नौ जना सुरक्षाकर्मी घाइते भएका छन् । टिफर चालक पनि घाइते भएका छन ।प्रहरीले टिपर चालक सर्लाही ईश्वरपुरका २७ वर्षीय बलबहादुर बम्जनलाई पनि नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

