एसईई पछि इटहरीको प्रिमियर कलेज, गुणस्तरिय पढाई, सुन्दर भविश्य

प्रकाश बञ्जारा ।

इटहरी ।  एसईईको रिजल्ट बाहिरिने खवर आइरहँदा एसईई पछि के पढ्ने भन्ने चासो र चिन्ता विद्यार्थीहरुमा तिव्र हुन्छ । इटहरी आसपास सुन्दर भविश्यका लागि गुणस्तरिय पढाई खोज्ने विद्यार्थीहरुका भरपर्दो गन्तव्य हुन सक्छ प्रिमियर कलेज ।

प्रिमियर ग्लोवल स्कुल त्यसै पनि व्यवस्थापन पढ्न चाहाने विद्यार्थीको रोजाईको कलेज हो । व्यावस्थापनमा विजनेस स्टडिज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स साथै कम्बो होटल म्यानेजमेन्ट प्रिमियरमा पढाई हुने संकायहरु हुन ।

पछिल्लो समय एसईईको पढाई सकेपछि होटल म्यानेजमेन्टको पढाई रोज्ने विद्यार्थीको संख्या तुलनात्मक रुपमा बढेको पाइएको छ ।
चाँडै पढ्ने र पढ्दै व्यावहारिक ज्ञान समेत लिन सकिने भएको हुँदा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीको संख्या बढेको होटल प्रिमियर स्कुल अफ होटल म्यानेजमेन्टले बताउँछ ।

विद्यार्थीलाई आवश्यक पर्ने व्यवहारिक र सैद्धान्तिक ज्ञान दुवै पाउने भएका ले पनि होटल म्यानेजमेन्टलाई विद्यार्थीले पहिलो रोजाई बनाएको पाइन्छ । झनै पढाईसँगै विश्व बजारमा सहजै विक्ने जनशक्ति उत्पादन हुने भएकाले विद्यार्थीहरुको पहिलो रोजाई होटल म्यानेजमेन्ट भएको प्रिमियर ग्लोवल स्कुल अफ म्यानेजमेन्टका प्रिन्सिपल सुभास लुइटेल बताउँछन् ।

इटहरीमा म्यानेजमेन्ट विषयमा पठनपाठन सञ्चालन गरिरहेका इटहरीका कलेजहरुमा समेत प्रिमियरले आफ्नो फरक स्थान राखेको पाइन्छ ।
पठनपाठनका साथै अतिरिक्त तालिमहरू समेत प्रदान गर्ने भएकाले पनि प्रिमियरमा विद्यार्थीहरूका आकर्षण बढ्दै गएको प्रिमियर ग्रुपका प्रमुख कार्यकारी अधिकृत सुनिल भुषाल बताउँछन् ।

कलेजले व्यवहारिक र सैद्धान्तिक शिक्षालाई जोड दिँदै र सामान्य शिक्षा भन्दा पनि सिप मूलक शिक्षा आवश्यक भएकाले त्यही अनुसार पठनपाठन गरिने भुषालले बेष्ट सञ्चारलाइ सुनाए ।

प्रिमियरले आफ्ना विद्यार्थीहरुलाई डिजिटल माध्यमको प्रयोग गरेर पढाइ सन्चालन गर्ने गरेको छ भने पढाइका अलावा अतिरिक्त क्रियाकलापमा समेत सहभागि गराउने गर्ने गरेको छ । प्रिमियरमा होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, बिजनेश स्टडिज, व्यवस्थापन साथै ट्राभल–टुरिजम लगायतका विषयहरूमा पठनपाठन हुने गरेको छन् ।

आफुहरुले विद्यार्थीको सङ्ख्या धेरै बनाउने भन्दा पनि सीमित विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उदेश्य लिएर सिमित सिटमा मात्रै भर्ना लिएको सिइओ भुषालले सुनाउँछन् । प्रिमियरले एउटा कक्षामा ३० जना मात्रै विद्यार्थी राखेर पठाउने गरेको छ । जसले गर्दा गुणस्तर मेन्टेन गर्न सजिलो हुने कलेजको विश्वास छ ।

होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरूलाई काठमाडौँ, पोखरा लगायतका स्थानका क्लोज क्याम्प तथा पाँच तारेहोटलहरूमा अवलोकन भ्रमण र विदेशका चलेका पाँच तारे होटलहरुमा इन्टर्नसिपको व्यावस्था कलेजले गर्ने गरेको छ । भने अन्य संकायका विद्यार्थीलाई समेत इन्टर्नसिपका साथै बरिष्ठा लगायतका अतिरिक्त कक्षामा सहभागि गराएर प्रमाणपत्र समेत प्रदान गर्ने गरेको छ ।

त्यसो त कलेजमा अतिरिक्त क्रियाकलाप अन्तर्गत समेत विभिन्न खेलका गतिविधिहरु सन्चालन गर्ने गरेको छ । पर्यटनकर्मी उत्पादनमा अग्रणी स्थानमा देखिएको यो कलेजले उत्पादन गरेका विद्यर्थीहरु विश्वका धेरै देशका पाँचतारे होटलमा राम्रो दख्खलका साथ आयउपार्जन गरीरहेको कलेज बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.