झुम्का । रामधुनी नगरपालिका वडा नम्बर ९का वडा अध्यक्ष घनश्याम चौधरीले नगरप्रमुख तथा उपप्रमुखको कार्यकक्षको सिसिटीभी घटाइएको बताएका छन् ।
सोमबार नगरको सार्वजनिक सुनुवाईमा आफ्नो वडाको अन्तिम चौमासको प्रगती विवरण सार्वजनिक गरेपश्चात चौधरीले नगरका सबै वडामा सिसिटीभी जडान गरिएको भएपनि नगरप्रमुख र उपप्रमुखको कार्यकक्षबाट भने जडान गरिएको क्यामरा समेत हटाइएको भन्दै निती नियम सबैलाई बराबरी हुनुपर्ने बताए ।
“सानालाई ऐन ठूलालाई चैन हुनुभएन हामी सबैको कार्यकक्षमा कार्यलयमा सिसिटीभी क्यामरा छ मेयर उपमेयरको कार्यकक्षबाट किन हटाइयो ?” उनले जिज्ञासा राखे ।
आफुले कार्यपालिका वैठकमा उक्त कुरा उठाउँदा उपमेयरले आफुहरुलाई चाहिदैन भन्ने जवाफ दिएको चौधरीको भनाई थियो ।
सार्वजनिक सुनुवाईको अन्तिम सम्म उक्त प्रश्नको जवाफ भने आएन ।