इटहरी । दलित महिला केन्द्र नेपालद्वारा अष्टेलियन एड तथा स्वीस सरकारको सहयोगमा सञ्चालित सि लिड्स कार्यक्रम अन्तर्गत महिलाको राजनितिक तथा आर्थिक सहभागितामा पुरुष सहयोगीको भुमिका विषयक एक दिवसीय अन्तक्रिर्या कार्यक्रम सुनसरीको इटहरीमा शुक्रबार सम्पन्न भएको छ ।
आयोजनाकी कोशी प्रदेश प्रमुख तथा संविधानसभा सदस्य अनिता परियारका साथै सि लिड्स कार्यक्रम प्रशिक्षक मोहन तिम्सिनाले सहजिकरण गरेको कार्यक्रममा सुनसरीका बिभिन्न क्षेत्रका २४ जनाको सहभागिता रहेको थियो ।
महिला जनप्रतिनिधिहरुलाई कसरी सक्षम बनाउन सकिन्छ र निर्णय प्रक्रियामा सहभागिता गराउन सकिन्छ भनेर लामो समयदेखि तालिम कार्यक्रम सन्चालन गरीरहेको दलित महिला केन्द्र नेपालले पुरुष सहभागीले महिलालाई कसरी माथि लैजान सहजिकरण गर्न सक्छन् भन्ने बिषयमा अन्तरक्रिया गरेको थियो ।
सहभागीहरुले महिलालाई निर्णय प्रक्रियामा सहभागि गराउन तथा लैंगिक समानताका पक्षमा भए गरेका कामको समिक्षा गर्दै आफ्नो ठाउँबाट लैगिंक समानताको पक्षमा बोल्ने प्रतिवद्धता समेत गरेका छन् ।
सुनसरीका २४ जना सहभागीहरुले महिला जनप्रतिनिधिलाई योजना छनौट, नीति निर्माण, तथ्याकं सकलन, विकास तथा स्थानीय तहले गर्ने अन्य कार्यक्रममा प्रभावकारी उपस्थिती गराउन सबैले आफ्नो ठाउँबाट पहल गर्नुपर्ने सहभागीहरुको निस्कर्ष थियो ।
प्राध्यापन, पत्रकारिता, सहकारी लगायतका क्षेत्रबाट आएको बुद्धिजिवीहरुले के गर्यो भने लैंगिक समानता हुन्छ भन्न बिषयमा समेत आफ्नो धारणा प्रस्तुत गरे । संविधानले निर्दिष्ट गरे बमोजिम लैंगिक समानतामा धेरै काम भएपनि सबै काम भने समाजको विकास संगै हुने धारणा कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

