इटहरी । भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश भएको ‘जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक लगाउने काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाहको घोषणालाई पोखराले पनि साथ दिएको छ ।
पोखराका फिल्म हलहरुलाई पत्र पठाउँदै मेयर धनराज आचार्यले यस्तो निर्णय गरेका हुन् । स्थानीय श्रीकृष्ण र विन्ध्यावासिनी हल, सिनेप्लेक्स र मिडटाउन हललाई पत्र पठाइसकेका छन् ।
आदिपुरुष विवादमा काठमाडौं महानगरपालिकाले पनि सोमबारदेखि भारतीय फिल्मको प्रदर्शनमा रोक लगाएको छ भने पोखराले पनि जानकी भारतीय छोरी भन्ने संम्वाद नहाटाएसम्म भारतीय सिनेमा चल्न नदिने अडान पोखरा महानगरको छ ।
यता सुचना तथा प्रविधि मन्त्रालयले भने सेन्सर बोर्डबाट पास भएको चलचित्रलाई चल्न दिन्न भन्ने अभिव्यक्तिमा गम्भिर ध्यानाकर्षण भएको बताएको छ । आइतबार एक विज्ञप्ती सार्वजनिक गर्दै मन्त्रालयले उक्त अभिव्यक्ति सार्वजनिक गरेको हो ।