पुलिस क्लवले जित्यो कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय महिला भलिबलको उपाधि

इटहरी । कोशी प्रदेश मुख्यमन्त्री कप राष्टिय महिला भलिवल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बिहिबार साँझ भएको फाइनल खेलका अर्को बिभागिय टिम एपिएफलाई सोझो सेटमा हराउँदै नेपाल पुलिस क्लवले भलिवलको उपाधि चुमेको हो ।


पुलिसले एपिएफलाई २५–१९, २५–१४ र २५–१८ को सेटमा हराएको थियो । उपाधिसँगै पुलिसले तीन लाख रुपैयाँ, ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता एपिएफले एक लाख ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्रमा पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी नेपाल पुलिस क्लबकी पुनम चन्द भइन् । उनले नगद ५५ हजार नगद पाएकी छन् । यस्तै बेस्ट स्पाइकर एपिएफकी सरस्वती चौधरी, बेस्ट ब्लकर बागमती प्रदेशकी सुमित्रा रेग्मी, बेस्ट सर्भर पुलिसकी उषा भण्डारी, बेस्ट सेटर पुलिसकी कामना पुन र बेस्ट लिबेरो पुलिसकी शान्ति तामाङ भए ।

प्रतियोगिताका उत्कृष्ट प्रशिक्षक पुलिस क्लबका रुपेश विष्ट भए । उत्कृष्ट विधामा परेका खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताका विजेता तथा उपविजेतालाई प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई, कार्यक्रमकी अध्यक्ष तथा बोर्डकी उपाध्यक्ष जिना कार्की, बोर्डका सदस्य सचिव हंशराज वाग्ले, नेपाल भलिबल संघका उपाध्यक्ष मदन खड्कालगायतले पुरस्कार वितरण गरेका थिए ।


प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजना तथा जिल्ला भलिबल संघ सुनसरीको संयोजनमा भइरहेको प्रतियोगितामा तीन विभागीयसहित ६ टिमको सहभागिता रहेको वाग्लेले जानकारी दिए ।

यसैबीच, प्रतियोगिताको अवसर पारेर बोर्डले अन्तर्राष्ट्रिय भलिबल खेलाडी विनिता बुढाथोकी र सुनिता खड्कालाई सम्मान गरेको छ । खेलमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा प्रदेशलाई चिनाउन भूमिका खेलेको भन्दै उनीहरुलाई नगद १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.