बालनेको अभिव्यक्ति पछि आदिपुरुषमा हट्यो विवादित बाक्यांश

इटहरी । काठमाण्डौका मेयर बालेन साहले दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद नहटाएर महानगरभरी हिन्दी फिल्म चल्न नदिने भनेपछि उक्त फिल्म निर्माताले वाक्यांश हटाएका छन् ।

नेपाली सेन्सर बोर्डले उक्त वाक्यांश नहटाए नेपालमा चल्न नदिने बताइरहँदा बालेन साहले भने उक्त बाक्यांश भारतमा पनि हटाउनुपर्ने अडान राख्दै बिहिबार सामाजिक सन्जाल फेसबुकमा स्टाटस राखेका थिए । उक्त स्टाटसको देशभरी प्रसंसा गरिएको थियो । यो संवादलाई लिएर नेपालमा चौतर्फी आलोचना पनि भएको थियो । नेपाली सेन्सर बोर्डले फिल्मलाई जाँचपासको प्रमाणपत्र दिनसमेत अस्वीकार गरेको थियो । उक्त संवाद बीप गरिएपछि प्रदर्शनको अनुमति दिइएको थियो ।

 

चलचित्रमा राखिएको सीता भारतमा जन्मेको प्रसङ्ग निर्माताले हटाएका हुन् । भारतीय सन्चार माध्यम टाइम्स अफ इन्डियाले बालेनको चेतावनी पछि उक्त अभिव्यक्ति हटाएको प्रमाणित गरेको छ ।सीताको जन्म नेपालमा भएको तथ्य नेपालमा मात्रै नभई समग्र फिल्ममा राख्नुपर्ने अडानसहित काठमाडौंका मेयर बालेन शाहले नत्र काठमाडौंमा हिन्दी फिल्म चल्न नदिने उद्घोष गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.